मङ्लबार, साउन १९, २०८३ | Tuesday 4th August 2026

चाँदीको भाउ घट्दा बढ्यो सुनको मूल्य

  • प्रकाशित मिति : बिहिबार, साउन १४, २०८३



  • काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य केही बढेको छ भने चाँदीको भाउ घटेको छ । हिजो बुधबारको तुलनामा सुन तोलामा रु ८०० ले बढेको छ भने चाँदी रु १० ले घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ८४ हजार  र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ३१० कायम भएको छ ।

    हिजो छापावाल सुन प्रतितोला रु दुई लाख ८३ हजार दुई सय र त्यति नै परिमाणको चाँदी रु चार हजार ३२० कायम भएको थियो । गत मङ्गलबार छापावाल सुन प्रतितोला रु दुई लाख ८४ हजार २०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ३१० निर्धारण भएको थियो ।

    अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ७६ र चाँदी ५७ अमेरिकी डलरमा किनबेच भइरहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij