मङ्लबार, अशोज ६, २०८३ | Tuesday 22nd September 2026

आजको राशिफल

  • प्रकाशित मिति : शुक्रबार, साउन १५, २०८३



  • मेष (Aries)

    दिन समग्रमा राम्रो रहनेछ। दाजुभाइसँगको सहकार्यले विशेष लाभ दिलाउनेछ। शिक्षाको क्षेत्रमा गरिएका प्रयासहरू सफल हुनेछन् भने दाम्पत्य जीवन सुखमय रहनेछ। यद्यपि, राजनीतिक कार्यहरूमा केही अवरोधको सामना गर्नुपर्ने हुन सक्छ।

    वृष (Taurus)

    दिन मध्यम रहनेछ। शिक्षामा राम्रो प्रगति हुनेछ भने पुराना स्वास्थ्य समस्यामा सुधार आउनेछ। वैदेशिक क्षेत्रको आकर्षण बढ्नेछ। तर, नयाँ लगानीमा जोखिम रहेकाले सतर्क रहनुहोला। खानपानमा ध्यान नदिँदा स्वास्थ्य पुनः बिग्रिन सक्छ।

    मिथुन (Gemini)

    दिन शुभ रहनेछ। धार्मिक तथा आध्यात्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ। समाजका उच्च व्यक्तित्वहरूसँगको सहकार्यले नयाँ योजनाको ढोका खोल्नेछ। तर, जीवनसाथीसँग मनमुटाव वा खटपटी बढ्न सक्ने भएकाले व्यवहारमा संयमता अपनाउनुहोला।

    कर्कट (Cancer)

    दिन सामान्य रहनेछ। शिक्षामा सोचेजस्तै प्रगति भए पनि राजनीतिक क्षेत्रमा भने अवरोध आउन सक्छ। जग्गाजमिनको कारोबार र ठूलो लगानीमा घाटा हुने योग रहेकाले सञ्चित धन जोगाउनुहोला। संकटको समयमा परिवारको पूर्ण साथ र सहयोग मिल्नेछ।

    सिंह (Leo)

    दिन अनुकूल रहनेछ। व्यापार व्यवसायमा राम्रो नाफा हुनेछ भने परिवारको साथले मनमा शान्ति र उत्साह भर्नेछ। राजनीतिक क्षेत्रमा विरोधीहरू सक्रिय हुने भएकाले सजग रहनुहोला। आज पश्चिमतर्फको लामो यात्रा टाढा राख्नु नै बुद्धिमानी हुनेछ।

    कन्या (Virgo)

    दिन सामान्य रहनेछ। राजनीतिक क्षेत्रमा गरिएका प्रयासहरू सफल हुनेछन्। परिवारको सल्लाहमा लिइएका निर्णयहरू फलदायी बन्नेछन् भने प्रेम सम्बन्ध अझ सुमधुर हुनेछ। विपक्षीहरू सक्रिय रहेकाले आफ्नो योजना सार्वजनिक गर्दा विचार पुर्‍याउनुहोला।

    तुला (Libra)

    दिन निकै शुभ रहनेछ। विभिन्न संघ-संस्थाबाट सम्मान मिल्नुका साथै जागिरमा पदोन्नतिको योग छ। शिक्षा र स्वास्थ्यको क्षेत्रमा लाभ मिल्नेछ भने राजनीतिमा महत्त्वपूर्ण अवसर हात लाग्नेछ। यद्यपि, घरपरिवारभित्रका गोपनीय कुराहरू बाहिर नलैजानुहोला।

    वृश्चिक (Scorpio)

    दिन मध्यम रहनेछ। मन केही अशान्त वा दुविधामा पर्न सक्छ, त्यसैले अग्रजहरूको सल्लाह लिएर अघि बढ्नुहोला। उत्तरतर्फको लामो यात्रा नगर्नु राम्रो हुनेछ। आजको दिन दानपुण्य वा परोपकारी कामबाट सुरुवात गरेमा लाभ मिल्नेछ।

    धनु (Sagittarius)

    दिन राम्रो रहनेछ। आम्दानीका नयाँ स्रोतहरू बलिया हुनेछन् र स्वास्थ्यमा सुधार आउनेछ। शिक्षामा भने अझ बढी मिहिनेतको आवश्यकता देखिन्छ। परिवारभित्रै केही विरोधीहरू सक्रिय भई मन अशान्त बनाउन सक्ने भएकाले धैर्यता राख्नुहोला।

    मकर (Capricorn)

    दिन अनुकूल रहनेछ। व्यापार व्यवसाय र निजी क्षेत्रको शिक्षामा गरिएको लगानीबाट राम्रो नाफा मिल्नेछ। प्रेम सम्बन्धमा निकटता र मधुरता आउनेछ। बौद्धिक प्रतिस्पर्धीहरू सक्रिय हुने भएकाले विवादमा नपरी शान्त रहनु उत्तम हुनेछ। अग्रजको सुझाव मान्दा थप सफलता मिल्नेछ।

    कुम्भ (Aquarius)

    दिन सामान्य रहनेछ। धार्मिक कार्यमा सहभागी भई दिनको सुरुवात गर्दा मनमा सकारात्मक उर्जा मिल्नेछ। शिक्षा क्षेत्रमा नयाँ लगानी नगर्नुहोला र अनावश्यक यात्रामा हुने खर्च नियन्त्रण गर्नुहोला। कठिन परिस्थितिमा परिवारको पूर्ण सहयोग प्राप्त हुनेछ।

    मीन (Pisces)

    दिन सामान्य रहनेछ। बौद्धिक क्षमता र निरन्तरको संघर्षले सफलता अनि लाभ दिलाउनेछ। यात्रा गर्दा पश्चिम दिशाको लामो यात्रा नगर्नुहोला। कार्यक्षेत्रमा सहकर्मीहरूसँग सतर्क भएर काम गर्नुहोला। भीडभाडमा सजग रहनुका साथै अनावश्यक खर्च बढ्ने भएकाले ध्यान दिनुहोला।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    रास्वपा सचिवालय बैठकका सात निर्णय सार्वजनिक, बाढीदेखि राष्ट्रसंघसम्मका विषय समेटिए
    एन्फा कोषाध्यक्ष र लेखापाललाई थप ४ दिन हिरासतमा राख्न अनुमति
    सुनसरीमा १ हजार ४ सय ५४ किलो ८७० ग्राम गाँजा सहित १ जना पक्राउ
    सहायक मार्गले पृथ्वी राजमार्ग जोखिममा
    रोनाल्डो हात्ती मृत अवस्थामा भेटियो
    १२ वर्षको यात्रा सहज रहेन तर चुनौती चिर्दै संविधानको रक्षा गर्यौं : एमाले अध्यक्ष ओली
    डेढ किलो सुनसहित एक भारतीय नागरिक पक्राउ
    सुनसरीबाट डेढ अरब भन्दा बढीको हुण्डी कारोबारमा संलग्न २जना  पक्राउ
    DIGP दिपेन्द्र घर्ती क्षेत्रीद्वारा नव निर्मित प्रहरी चौकी सराङकोटको भवन समुद्‍घाटन
    ट्राफिक प्रहरी कार्यालय  ५० वटा दुईपाङ्ग्रे सवारीसाधन फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij

    Skoraj vsi pri kuhanju zelenjave pretiravamo s časom, zato izgubi okus in vitamine. Z nekaj preprostimi triki bodo jedi bolj sočne, zdrave in zanimive; podrobnosti je vredno raziskati. Znanci svetujejo limono, a guacamole porjavi Ko zjutraj odpremo hladilnik, hitro najdemo idejo za okusen zajtrk. Malo sveže zelenjave, jogurta in domišljije zadostuje za hranljiv začetek dneva.