आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

आज कतार, साउदी र युएईको रियाल तथा दिरामको मूल्य कति?

  • प्रकाशित मिति : शनिबार, साउन १६, २०८३



  • काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको आधिकारिक विनिमयदर निर्धारण गरेको छ। केन्द्रीय बैङ्कले जारी गरेको नयाँ दररेट अनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३२ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९२ पैसा कायम गरिएको छ।

    त्यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ २६ पैसा र बिक्रीदर १७५ रुपैयाँ ९५ पैसा तोकिएको छ भने युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ ८९ पैसा र बिक्रीदर २०५ रुपैयाँ ६९ पैसा रहेको छ। स्विस फ्र्यांक एकको खरिददर १८८ रुपैयाँ ४६ पैसा र बिक्रीदर १८९ रुपैयाँ २० पैसा निर्धारण गरिएको छ।

    अन्य प्रमुख विदेशी मुद्राहरूमा अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ १६ पैसा र बिक्रीदर १०७ रुपैयाँ ५८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ६८ पैसा र बिक्रीदर १०९ रुपैयाँ ११ पैसा तथा सिङ्गापुर डलर एकको खरिददर ११८ रुपैयाँ ६९ पैसा र बिक्रीदर ११९ रुपैयाँ १६ पैसा तोकिएको छ। यस्तै जापानी येन १० को खरिददर नौ रुपैयाँ ५२ पैसा र बिक्रीदर नौ रुपैयाँ ५६ पैसा निर्धारण हुँदा चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ५६ पैसा र बिक्रीदर २२ रुपैयाँ ६५ पैसा कायम भएको छ।

    खाडी तथा एसियाली मुलुकहरूतर्फ साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ५६ पैसा र बिक्रीदर ४० रुपैयाँ ७२ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ८० पैसा र बिक्रीदर ४१ रुपैयाँ ९६ पैसा एवं युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ४७ पैसा र बिक्रीदर ४१ रुपैयाँ ६४ पैसा तोकिएको छ।

    मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ २७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४२ पैसा, थाइ भाट एकको खरिददर चार रुपैयाँ ५६ पैसा र बिक्रीदर चार रुपैयाँ ५८ पैसा तथा साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ६० पैसा र बिक्रीदर १० रुपैयाँ ६४ पैसा रहेको छ।

    यसैगरी, स्विडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ९७ पैसा र बिक्रीदर १६ रुपैयाँ ०३ पैसा, डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ४५ पैसा र बिक्रीदर २३ रुपैयाँ ५४ पैसा तथा हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ४२ पैसा र बिक्रीदर १९ रुपैयाँ ५० पैसा तोकिएको छ।

    उच्च मूल्य भएका मुद्राहरूमा कुवेती दिनार एकको खरिददर ४९५ रुपैयाँ ०३ पैसा र बिक्रीदर ४९६ रुपैयाँ ९८ पैसा, बहराइन दिनार एकको खरिददर ४०३ रुपैयाँ ९८ पैसा र बिक्रीदर ४०५ रुपैयाँ ५७ पैसा तथा ओमनी रियाल एकको खरिददर ३९५ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३९८ रुपैयाँ १८ पैसा कायम गरिएको छ।

    भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ। राष्ट्र बैङ्कका अनुसार यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन हुन सक्नेछ। वाणिज्य बैङ्कहरूले तोक्ने विनिमयदर भने केही फरक हुन सक्ने र अद्यावधिक दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij