मङ्लबार, अशोज ६, २०८३ | Tuesday 22nd September 2026

ज्ञानसिन्धु कलेज अब डिभाइन एजुकेसन फाउन्डेसनद्वारा सञ्चालन,भोजराज न्यौपाने कलेज प्रमुख नियुक्त

  • प्रकाशित मिति : सोमवार, साउन १८, २०८३



  • लामो समयदेखि घोराही क्षेत्रबाट सञ्चालन हुँदै आएको ज्ञानसिन्धु कलेज अब तुलसीपुरस्थित डिभाइन एजुकेसन फाउन्डेसनको व्यवस्थापनमा सञ्चालन हुने भएको छ । जिल्लाकै उत्कृष्ट शैक्षिक संस्थामध्ये एक मानिने उक्त कलेजलाई नयाँ व्यवस्थापनका साथ सञ्चालनमा ल्याइएको हो ।

    यसैबीच कलेजको प्रमुखमा शिक्षाविद् भोजराज न्यौपाने नियुक्त हुनुभएको छ । आइतबार आयोजित एक औपचारिक कार्यक्रममा क्याम्पसका प्रमुख सल्लाहकार डा. विष्णुकुमार देवकोटाले नवनियुक्त प्रमुख न्यौपानेलाई पद हस्तान्तरण गर्नुभएको थियो ।

    पदभार ग्रहणपछि बोल्दै प्रमुख न्यौपानेले आफू लामो समयदेखि शिक्षा क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएको उल्लेख गर्दै अझ गुणस्तरीय र व्यवहारमुखी शिक्षा प्रदान गर्ने उद्देश्यले कलेजको नेतृत्व सम्हालेको बताउनुभयो । उहाँले व्यवस्थापन संकायलाई नयाँ सोच र प्रभावकारी व्यवस्थापनका साथ सञ्चालन गरिने जानकारी दिनुभयो । “अब नर्सरीदेखि बीबीएससम्म एउटै शैक्षिक संस्था अन्तर्गत अध्ययन गर्न सकिने व्यवस्था गरिएको छ,” उहाँले भन्नुभयो, “गुणस्तरीय शिक्षा प्रदान गर्ने अभियानमा सबैको साथ र सहयोगको अपेक्षा गर्दछु ।”

    कार्यक्रममा कलेजका अध्यक्ष युवराज रावतले जिल्लाकै उत्कृष्ट शैक्षिक गन्तव्यका रूपमा ज्ञानसिन्धु कलेजलाई विकास गर्ने लक्ष्य रहेको बताउनुभयो । व्यवस्थापन संकाय अध्ययनका लागि विद्यार्थीले अब अन्यत्र जानुपर्ने अवस्था अन्त्य गर्ने गरी शैक्षिक वातावरण निर्माण गरिने उहाँको भनाइ थियो । अध्यक्ष रावतले शिक्षा क्षेत्रमा लामो समयसम्म हासिल गरेको अनुभव र ज्ञानलाई अझ व्यवहारिक रूपमा प्रयोग गर्ने उद्देश्यले कलेजलाई नयाँ व्यवस्थापनसहित सञ्चालनमा ल्याइएको बताउनुभयो ।

    त्यसैगरी, कलेजको सहायक प्रमुखमा टेकन प्रसाद कँडेल नियुक्त हुनुभएको छ । उहाँले अनुभवी तथा दक्ष शिक्षक मार्फत अध्यापन गराई विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    नयाँ व्यवस्थापनसँगै ज्ञानसिन्धु कलेजले शैक्षिक गुणस्तर अभिवृद्धि, आधुनिक व्यवस्थापन प्रणाली र अनुभवी जनशक्तिमार्फत जिल्लामै उत्कृष्ट उच्च शिक्षालयको रूपमा स्थापित हुने लक्ष्य लिएको जनाएको छ । हाल तुलसीपुर स्थित डिभाईन टेम्पल एकेडमीको नव निर्मित संरचना बाट कलेज संचालन हुने भएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    रास्वपा सचिवालय बैठकका सात निर्णय सार्वजनिक, बाढीदेखि राष्ट्रसंघसम्मका विषय समेटिए
    एन्फा कोषाध्यक्ष र लेखापाललाई थप ४ दिन हिरासतमा राख्न अनुमति
    सुनसरीमा १ हजार ४ सय ५४ किलो ८७० ग्राम गाँजा सहित १ जना पक्राउ
    सहायक मार्गले पृथ्वी राजमार्ग जोखिममा
    रोनाल्डो हात्ती मृत अवस्थामा भेटियो
    १२ वर्षको यात्रा सहज रहेन तर चुनौती चिर्दै संविधानको रक्षा गर्यौं : एमाले अध्यक्ष ओली
    डेढ किलो सुनसहित एक भारतीय नागरिक पक्राउ
    सुनसरीबाट डेढ अरब भन्दा बढीको हुण्डी कारोबारमा संलग्न २जना  पक्राउ
    DIGP दिपेन्द्र घर्ती क्षेत्रीद्वारा नव निर्मित प्रहरी चौकी सराङकोटको भवन समुद्‍घाटन
    ट्राफिक प्रहरी कार्यालय  ५० वटा दुईपाङ्ग्रे सवारीसाधन फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij

    Skoraj vsi pri kuhanju zelenjave pretiravamo s časom, zato izgubi okus in vitamine. Z nekaj preprostimi triki bodo jedi bolj sočne, zdrave in zanimive; podrobnosti je vredno raziskati. Znanci svetujejo limono, a guacamole porjavi Ko zjutraj odpremo hladilnik, hitro najdemo idejo za okusen zajtrk. Malo sveže zelenjave, jogurta in domišljije zadostuje za hranljiv začetek dneva.