प्रकाशित मिति : शुक्रबार, साउन २२, २०८३
काठमाडौँ। नेपाली बजारमा साताको अन्तिम दिन शुक्रबार सुनको भाउ तोलामा नौ सय र चाँदीको १० रुपैयाँ बढेको छ।
मूल्य बढेसँगै शुक्रबार छापावाला सुनको भाउ प्रतितोला दुई लाख ९६ हजार नौ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ।
यसअघि बिहीबार सुन प्रतितोला दुई लाख ९६ हजार रुपैयाँमा कारोबार भएको थियो।
यता, बिहीबार प्रतितोला चार हजार पाँच सय ७० रुपैयाँमा कारोबार भएको असली चाँदीको शुक्रबार बढेर चार हजार पाँच सय ८० रुपैयाँमा कारोबार भइरहेको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij