आइतवार, अशोज १८, २०८३ | Sunday 4th October 2026

श्रावणको अन्तिम सोमबार: पशुपतिनाथका चारै ढोका खुला,उत्तरतर्फबाट जल चढाउन पाइने

  • प्रकाशित मिति : सोमवार, साउन २५, २०८३



  • काठमाडौँ ।  सौरमासअनुसार आज श्रावण महिनाको अन्तिम सोमबार पशुपतिनाथ मन्दिरमा भक्तजनहरूको भारी भिड लागेको छ। दर्शनार्थीहरूको सहजतालाई ध्यानमा राख्दै आज बिहान ३:०० बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खुला गरिएका छन्।

    पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव तीर्थ श्रेष्ठका अनुसार भक्तजनहरूलाई उत्तरतर्फको ढोकाबाट जल चढाउने व्यवस्था मिलाइएको छ। श्रावणका प्रत्येक सोमबार भगवान शिवको विशेष पूजा गर्ने परम्परा रहिआएको छ।

    यसैबीच, श्रावणको अन्तिम सोमबारका अवसरमा बोलबम यात्रा गर्न हजारौँ भक्तजनहरू सुन्दरीजलमा जम्मा भएका छन्। प्रहरी प्रभाग सुन्दरीजलका कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक नवीनविक्रम थापाका अनुसार यो यात्रामा करिब १० हजारभन्दा बढी भक्तजनहरूको सहभागिता रहेको छ।

    आइतबार राति नै सुन्दरीजल पुगेर रातभर भजनकीर्तन गरेका भक्तजनहरूले राति १२:०० बजेपछि स्नान र नित्यकर्म सकेर खाली खुट्टा सुन्दरीजलबाट पशुपतिनाथसम्मको पदयात्रा गर्दै जल चढाउनतर्फ लागेका छन्।

    प्रत्येक वर्ष श्रावण महिनाका सोमबार वाग्मती नदी किनारको सुन्दरीजलमा भेला भई स्नान गरी शुद्ध वस्त्र पहिरिएर जल बोकेर पशुपतिनाथ मन्दिरमा चढाउने परम्परा अनुसार आज पनि यो धार्मिक यात्रा उत्साहपूर्वक चलिरहेको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सरकारको काम सन्तोषजनक, तर गति बढाउनुपर्छ: रास्वपा
    पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण, हसन बनेनन् नायक
    पत्रकारबाट ट्रम्पको सञ्चार टोलीमा छलाङ, २४ वर्षीया हार्मनी ह्वाइट हाउसमा
    भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु
    संकटा मन्दिरमा शनिबार दर्शनार्थी
    देशका विभिन्न भागमा मनसुनी र पश्चिमी वायुको प्रभाव: कोशी, बागमती र गण्डकीमा वर्षाको सम्भावना
    प्रधानमन्त्री कार्यालयले भन्यो- चाडपर्वमा कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्छौं
    विदेशी मुद्राको विनिमयदर: कुवेती दिनार, पाउन्ड र युरो थप महँगो
    आजको राशिफल: वृष र मकरलाई विशेष योग, कुम्भ र वृश्चिकले सतर्कता अपनाउनुपर्ने
    AIGP सुशील सिंह राठौरद्वारा नयाँ बसपार्कमा नागरिक सहायता कक्षको उद्घाटन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij

    Les conseils des proches ne donnent pas toujours le résultat espéré en cuisine : un ingrédient manque, une cuisson varie ou les proportions dérapent. Pour réussir des recettes de restaurant ou de café, le sujet mérite d'être approfondi. comment récupérer une confiture brûlée Les conseils des proches ne fonctionnent pas toujours, surtout en cuisine. Pour réussir une recette de restaurant ou de café, mieux vaut ajuster les quantités et respecter chaque temps de préparation.