आइतवार, अशोज १८, २०८३ | Sunday 4th October 2026

पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण, हसन बनेनन् नायक

  • प्रकाशित मिति : आइतवार, अशोज १८, २०८३



  • नागोया । जापानको नागोयामा शनिबार भएको रोमाञ्चक फाइनलमा भारतले परम्परागत प्रतिद्वन्द्वी पाकिस्तानलाई १९ रनले पराजित गर्दै एसियाली खेलकुदको क्रिकेटतर्फ स्वर्ण पदक जितेको छ ।

    विश्व टी–२० च्याम्पियन भारतले निर्धारित २० ओभरमा छ विकेट गुमाएर २११ रन बनाएको थियो । अभिषेक शर्माले ६१ तथा तिलक वर्माले अविजित ५१ रन बनाए । जवाफमा पाकिस्तानले हसन नवाजको ९६ रनको उत्कृष्ट प्रदर्शनका बाबजुद २० ओभरमा छ विकेट गुमाएर १९२ रन मात्र बनाउन सक्यो ।

    राजनीतिक तनावका कारण भारत र पाकिस्तान अन्तरराष्ट्रिय प्रतियोगितामा प्रायः तटस्थ भूमिमा मात्र आमनेसामने हुने गरेका छन् । खेलअघि दुवै टोलीका कप्तानले परम्परागत रूपमा गरिने हात मिलाउने कार्यसमेत गरेनन् । खेलपछि भारतीय खेलाडीले मैदानमा राष्ट्रिय झण्डा फहराउँदै जितको खुसी मनाए ।

    जापानको बेसबल मैदानलाई क्रिकेट मैदानमा परिणत गरी खेलाइएको फाइनलमा दक्षिण एसियाली क्रिकेटका समर्थकहरूको उल्लेख्य उपस्थिति थियो ।

    भारतले टस जितेर ब्याटिङ रोजेपछि वैभव सूर्यवंशीले साद मसुदको दोस्रो ओभरमा लगातार दुई छक्का प्रहार गर्दै आक्रामक सुरुआत गरे । उक्त ओभरमा २४ रन बने पनि सूर्यवंशी चार बलपछि १५ रनमा आउट भए ।

    अभिषेकले २० बलमै अर्धशतक पूरा गरे । पाकिस्तानको कमजोर फिल्डिङको फाइदा उठाउँदै उनले दुई पटक जीवनदान पाए । ४६ रनमा रहँदा उनी रनआउट हुनबाट समेत जोगिए ।

    अभिषेक ६१ रनमा आउट भएपछि पाकिस्तानका बलरले खेलमा नियन्त्रण जमाउन थाले । इशान किशन २० तथा कप्तान श्रेयस अय्यर २१ रनमा आउट भएपछि भारत १५औँ ओभरमा १३३–५ को अवस्थामा पुगेको थियो ।

    तर तिलक वर्मा र शिवम दुबेले आक्रामक ब्याटिङ गर्दै भारतको स्कोर २०० रनभन्दा माथि पुर्‍याए । उनीहरूले छैटौँ विकेटका लागि पाँच ओभरमा ६२ रनको साझेदारी गरे ।

    हसनको उत्कृष्ट प्रयास

    दुई सय १२ रनको लक्ष्य पछ्याएको पाकिस्तानले साहिबजादा फरहान र माज सदाकतको साझेदारीमा राम्रो सुरुआत गरेको थियो । पहिलो विकेटका लागि ३.४ ओभरमा ३३ रन जोडे पनि सदाकत २३ रनमा आउट भए ।

    त्यसपछि हसन नवाजले आक्रामक ब्याटिङ गर्दै २८ बलमै अर्धशतक पूरा गरे । उनले पाँच छक्का प्रहार गरेका थिए । साइम अयूबसँग मिलेर उनले पाकिस्तानको इनिङ्स सम्हाले र उनीहरूबीच ८७ रनको साझेदारी भयो ।

    अयूब १५औँ ओभरको सुरुआतमा आउट हुँदा पाकिस्तानको स्कोर १२६–४ थियो । त्यसपछि पनि हसनले आक्रामक ब्याटिङ जारी राखे ।

    दुई ओभर बाँकी हुँदा पाकिस्तान १६८–५ को अवस्थामा थियो । भारतले जस्प्रित बुमराहलाई बलिङमा फर्काएपछि उक्त ओभरमा ११ रन मात्र जोडियो । अन्तिम ओभरमा पाकिस्तानलाई जितका लागि ३३ रन आवश्यक थियो ।

    अन्तिम ओभरमा शिवम दुबेले बलिङ गरे । हसन ९६ रनमा पुगेका थिए । तर अन्तिम बलमा ठूलो सट खेल्ने प्रयास गर्दा उनी आउट भए । उनले ५१ बलमा सात छक्का र पाँच चौकासहित ९६ रन बनाए ।

    तेस्रो स्थानका लागि भएको खेलमा श्रीलङ्काले बङ्गलादेशलाई ६३ रनले पराजित गर्दै कास्य पदक जित्यो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सरकारको काम सन्तोषजनक, तर गति बढाउनुपर्छ: रास्वपा
    पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण, हसन बनेनन् नायक
    पत्रकारबाट ट्रम्पको सञ्चार टोलीमा छलाङ, २४ वर्षीया हार्मनी ह्वाइट हाउसमा
    भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु
    संकटा मन्दिरमा शनिबार दर्शनार्थी
    देशका विभिन्न भागमा मनसुनी र पश्चिमी वायुको प्रभाव: कोशी, बागमती र गण्डकीमा वर्षाको सम्भावना
    प्रधानमन्त्री कार्यालयले भन्यो- चाडपर्वमा कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्छौं
    विदेशी मुद्राको विनिमयदर: कुवेती दिनार, पाउन्ड र युरो थप महँगो
    आजको राशिफल: वृष र मकरलाई विशेष योग, कुम्भ र वृश्चिकले सतर्कता अपनाउनुपर्ने
    AIGP सुशील सिंह राठौरद्वारा नयाँ बसपार्कमा नागरिक सहायता कक्षको उद्घाटन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij

    Les conseils des proches ne donnent pas toujours le résultat espéré en cuisine : un ingrédient manque, une cuisson varie ou les proportions dérapent. Pour réussir des recettes de restaurant ou de café, le sujet mérite d'être approfondi. comment récupérer une confiture brûlée Les conseils des proches ne fonctionnent pas toujours, surtout en cuisine. Pour réussir une recette de restaurant ou de café, mieux vaut ajuster les quantités et respecter chaque temps de préparation.