आइतवार, अशोज १८, २०८३ | Sunday 4th October 2026

पत्रकारबाट ट्रम्पको सञ्चार टोलीमा छलाङ, २४ वर्षीया हार्मनी ह्वाइट हाउसमा

  • प्रकाशित मिति : आइतवार, अशोज १८, २०८३



  • काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले २४ वर्षीया पत्रकार बेनी रे हार्मनीलाई ह्वाइट हाउसको प्रवक्ता तथा सहायक प्रेस सेक्रेटरी नियुक्त गरेको छ ।

    हार्मनी यसअघि ‘रियल अमेरिकाज भ्वाइस’मा ह्वाइट हाउस संवाददाताका रूपमा कार्यरत थिइन् । उनले सोमबारदेखि नयाँ जिम्मेवारी सम्हाल्नेछिन् ।

    हार्मनीको नियुक्ति ह्वाइट हाउसमा स्थायी प्रेस सेक्रेटरीको पद रिक्त रहेका बेला भएको हो । यसअघि प्रेस सेक्रेटरी रहेकी क्यारोलिन लेभिटले अगस्टको अन्त्यमा पदबाट राजीनामा दिएकी थिइन् । ट्रम्प प्रशासनले अहिलेसम्म उनको स्थायी उत्तराधिकारी घोषणा गरेको छैन ।

    हार्मनी पछिल्लो समय ह्वाइट हाउस प्रेस पूलकी नियमित सदस्य बनेकी थिइन् । उनले राष्ट्रपति ट्रम्पसँग आयरल्यान्डको यात्रासमेत गरेकी थिइन् ।

    सन् २०२५ सेप्टेम्बरमा ‘रियल अमेरिकाज भ्वाइस’सँग जोडिएकी हार्मनी त्यसअघि इलिनोइसको स्प्रिङ्गफिल्डमा समाचार एङ्करका रूपमा कार्यरत थिइन् । त्यहाँको काम छाडेपछि उनले राष्ट्रियस्तरमा ट्रम्प प्रशासनका गतिविधिबारे रिपोर्टिङ गर्दै आएकी थिइन् ।

    अब भने पत्रकारका रूपमा ह्वाइट हाउसको गतिविधि रिपोर्ट गर्दै आएकी हार्मनी स्वयं ट्रम्प प्रशासनको सञ्चार टोलीको सदस्य बनेकी छन् ।

    ह्वाइट हाउसकी प्रिन्सिपल डेपुटी प्रेस सेक्रेटरी एना केलीले हार्मनीको नियुक्तिको स्वागत गरेकी छन् ।

    ‘हार्मनी ह्वाइट हाउस संवाददाताका रूपमा ट्रम्पको आन्दोलनकी भरपर्दो आवाज रहिआउनुभएको थियो र अब सहायक प्रेस सेक्रेटरीका रूपमा उहाँ सञ्चार टोलीको हिस्सा बन्नुहुनेछ,’ केलीले भनेकी छन् ।

    हार्मनीले पनि नियुक्तिप्रति उत्साह व्यक्त गरेकी छन् ।

    ‘म ट्रम्प प्रशासनमा ह्वाइट हाउसको सहायक प्रेस सेक्रेटरीका रूपमा सामेल हुन पाउँदा उत्साहित छु । म यसका लागि राष्ट्रपति ट्रम्पको विश्वासका लागि आभार व्यक्त गर्छु,’ उनले भनेकी छन् ।

    २७ वर्षमै प्रेस सेक्रेटरी बनेकी लेभिटले छाडिन् पद

    यसअघि ह्वाइट हाउस प्रेस सेक्रेटरी रहेकी क्यारोलिन लेभिटले अगस्टको अन्त्यमा पद छाडेकी थिइन् । उनले परिवारसँग बढी समय बिताउन जिम्मेवारी छाड्ने निर्णय गरेको बताइएको थियो ।

    ट्रम्पले लेभिटको कामको प्रशंसा गर्दै उनी आगामी दिनमा पनि आफ्नो राजनीतिक काममा सल्लाहकारको भूमिकामा जोडिने बताएका थिए ।

    लेभिट २७ वर्षको उमेरमा ह्वाइट हाउस प्रेस सेक्रेटरी बनेकी थिइन् । उनी उक्त पद सम्हाल्ने सबैभन्दा कम उमेरकी व्यक्ति बनेकी थिइन् ।

    लेभिटले पद छाडेपछि ह्वाइट हाउसले अहिलेसम्म स्थायी प्रेस सेक्रेटरी नियुक्त गरेको छैन । यसबीच प्रशासनका अन्य अधिकारीहरूले प्रेससम्बन्धी जिम्मेवारी सम्हाल्दै आएका छन् ।

    अब २४ वर्षीया हार्मनीको नियुक्तिले भने ह्वाइट हाउसको सञ्चार टोलीमा नयाँ पुस्ताको अनुहार थपिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सरकारको काम सन्तोषजनक, तर गति बढाउनुपर्छ: रास्वपा
    पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण, हसन बनेनन् नायक
    पत्रकारबाट ट्रम्पको सञ्चार टोलीमा छलाङ, २४ वर्षीया हार्मनी ह्वाइट हाउसमा
    भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु
    संकटा मन्दिरमा शनिबार दर्शनार्थी
    देशका विभिन्न भागमा मनसुनी र पश्चिमी वायुको प्रभाव: कोशी, बागमती र गण्डकीमा वर्षाको सम्भावना
    प्रधानमन्त्री कार्यालयले भन्यो- चाडपर्वमा कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्छौं
    विदेशी मुद्राको विनिमयदर: कुवेती दिनार, पाउन्ड र युरो थप महँगो
    आजको राशिफल: वृष र मकरलाई विशेष योग, कुम्भ र वृश्चिकले सतर्कता अपनाउनुपर्ने
    AIGP सुशील सिंह राठौरद्वारा नयाँ बसपार्कमा नागरिक सहायता कक्षको उद्घाटन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij

    Les conseils des proches ne donnent pas toujours le résultat espéré en cuisine : un ingrédient manque, une cuisson varie ou les proportions dérapent. Pour réussir des recettes de restaurant ou de café, le sujet mérite d'être approfondi. comment récupérer une confiture brûlée Les conseils des proches ne fonctionnent pas toujours, surtout en cuisine. Pour réussir une recette de restaurant ou de café, mieux vaut ajuster les quantités et respecter chaque temps de préparation.