आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

‘ब्रोड पिक’ हिमपहिरोमा निधन भएका तीन नेपालीको शव आज काठमाडौँ ल्याइँदै

  • प्रकाशित मिति : मङ्लबार, साउन २६, २०८३



  • काठमाडौँ। पाकिस्तानको ‘ब्रोड पिक’ हिमालमा गत साउन १४ गते गएको हिमपहिरोमा परी ज्यान गुमाएका तीन जना नेपाली नागरिकको शव आज काठमाडौँ ल्याइँदै छ।

    परराष्ट्र मन्त्रालयका अनुसार निधन भएका किली पेम्बा शेर्पा ‘किलु’, ग्यालु शेर्पा र निमा शेर्पाको शव कतार एयरवेजको उडानमार्फत अपराह्न ४ः४५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्नेछ।

    यसअघि सोही दुर्घटनामा ज्यान गुमाएका पुरबहादुर गुरुङ ‘युक्त’ को शव भने साउन २१ गते नै नेपाल ल्याइएको थियो।

    उक्त दुर्घटनामा परेका अन्य एक नेपाली, एक पाकिस्तानी र एक अमेरिकी आरोहीको शव भने अझै फिर्ता ल्याउन बाँकी रहेको बताइएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij