आइतवार, अशोज १८, २०८३ | Sunday 4th October 2026

श्रम गर्नेहरूलाई घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घरको जुत्ता–चप्पल उपहार

  • प्रकाशित मिति : मङ्लबार, साउन २६, २०८३



  • घोराही, दाङ/ प्रोत्साहन कार्यक्रमअन्तर्गत ‘घोराही बनाऔँ अभियान’ र नेपाली जुत्ता घरले मंगलबार घोराही बजारका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा श्रम तथा विभिन्न पेशा–व्यवसायमा सक्रिय व्यक्तिहरूलाई जुत्ता–चप्पल उपहार प्रदान गरेको छ।

    दैनिक रूपमा श्रम गर्ने, व्यवसाय सञ्चालन गर्ने, सडक तथा बजार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्ने महिला तथा पुरुषहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रममा ‘घोराही बनाऔँ अभियान’का संयोजक सबिन प्रियासन, नेपाली जुत्ता घरका सञ्चालक त्रिलोचन खनाल र दामोदर न्यौपाने लगायतको टोलीले घोराही बजारका विभिन्न स्थानमा पुगेर श्रम गरिरहेका व्यक्तिहरूलाई जुत्ता–चप्पल वितरण गरेको थियो।

    कार्यक्रममा विशेषगरी बजार सरसफाइ, सडक तथा सार्वजनिक क्षेत्रमा काम गर्ने श्रमिक, साना व्यवसायी, दैनिक ज्यालादारीमा काम गर्ने व्यक्ति, महिला श्रमिकलगायत विभिन्न पेशा तथा व्यवसायमा संलग्न व्यक्तिहरूलाई जुत्ता–चप्पल प्रदान गरिएको थियो। उपहार प्राप्त गर्नेहरूले आफूहरूले गर्दै आएको श्रम र पेशाको सम्मान गर्दै जुत्ता–चप्पल प्रदान गरिएको भन्दै खुसी व्यक्त गरेका थिए।

    कार्यक्रममा बोल्दै ‘घोराही बनाऔँ अभियान’का संयोजक सबिन प्रियासनले समाज निर्माणमा योगदान गर्ने श्रमिक तथा विभिन्न पेशामा आबद्ध व्यक्तिहरूको सम्मान आवश्यक रहेको बताए। उनले श्रमलाई सानो–ठूलो भनेर विभाजन गर्ने प्रवृत्तिको अन्त्य गर्दै हरेक श्रमको सम्मान गर्ने संस्कार विकास गर्नुपर्नेमा जोड दिए।

    “घोराहीलाई राम्रो, व्यवस्थित र समृद्ध शहर बनाउने हो भने यहाँका हरेक नागरिकको योगदानको सम्मान गर्नुपर्छ। सडकमा पसिना बगाउनेदेखि व्यापार–व्यवसाय गर्ने र सेवा क्षेत्रमा काम गर्ने सबै व्यक्ति घोराही निर्माणका साझेदार हुन्,” प्रियासनले भने, “हामीले दिएको जुत्ता–चप्पल ठूलो आर्थिक सहयोगभन्दा पनि श्रम गर्ने व्यक्तिप्रतिको सम्मान र प्रोत्साहनको प्रतीक हो।”

    उनले अभियानले विकास निर्माणसँगै सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई पनि प्राथमिकतामा राखेको बताए। समाजमा सकारात्मक सोच र आपसी सहयोगको भावना विकास गर्न यस्ता कार्यक्रमलाई निरन्तरता दिइने उनको भनाइ थियो।

    नेपाली जुत्ता घरका सञ्चालक त्रिलोचन खनालले नेपाली उत्पादनको प्रयोग र प्रवर्द्धनसँगै सामाजिक उत्तरदायित्व निर्वाह गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताए। “हामी नेपाली जुत्ता उत्पादन तथा बिक्री गर्ने व्यवसायमा छौँ। नेपाली उत्पादनको प्रयोग बढाउनु हाम्रो उद्देश्य हो। त्यससँगै समाजमा श्रम गर्ने व्यक्तिलाई सम्मान गर्नुपर्छ भन्ने भावनाले यो कार्यक्रम गरेका हौँ,” खनालले भने।

    उनका अनुसार नेपाली उद्योग र व्यवसायलाई बलियो बनाउन उपभोक्ताले स्वदेशी उत्पादनलाई प्राथमिकता दिन आवश्यक छ। नेपाली उत्पादनको प्रयोगले स्वदेशमै रोजगारी सिर्जना हुनुका साथै स्थानीय अर्थतन्त्रलाई समेत चलायमान बनाउन सहयोग गर्ने उनले बताए।

    नेपाली जुत्ता घरका अर्का सञ्चालक दामोदर न्यौपानेले व्यवसाय र सामाजिक उत्तरदायित्वलाई सँगसँगै अघि बढाउनुपर्ने बताए। “हाम्रो व्यवसाय समाजकै कारण चलिरहेको छ। त्यसैले समाजप्रति व्यवसायीको पनि जिम्मेवारी हुन्छ। श्रम गर्ने मानिसलाई प्रत्यक्ष रूपमा भेटेर सम्मान गर्न पाउनु हाम्रो लागि पनि खुसीको कुरा हो,” न्यौपानेले भने।
    जुत्ता–चप्पल उपहार पाएपछि केही श्रमिकहरूले आफूहरूको कामलाई समेत महत्व दिएर सम्मान गरिएको भन्दै खुसी व्यक्त गरेका थिए। उनीहरूले सामान्य सहयोगभन्दा पनि आफूले गरिरहेको श्रमप्रति सम्मान पाउनु महत्वपूर्ण भएको बताएका थिए।

    ‘घोराही बनाऔँ अभियान’ले पछिल्लो समय विकास, उत्पादन, रोजगारी, उद्यमशीलता तथा सामाजिक उत्तरदायित्वसँग जोडिएका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। नेपाली उत्पादनको प्रवर्द्धन, विपन्न तथा श्रमिक वर्गलाई सहयोग र सामाजिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यले निजी क्षेत्र तथा विभिन्न संस्थासँग सहकार्य गर्दै अभियान अघि बढाइएको जनाइएको छ।

    मंगलबारको जुत्ता–चप्पल वितरण कार्यक्रमले श्रमको सम्मान, नेपाली उत्पादनको प्रवर्द्धन र व्यवसायीको सामाजिक उत्तरदायित्वलाई एउटै अभियानसँग जोड्ने प्रयास गरेको आयोजकको भनाइ छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सरकारको काम सन्तोषजनक, तर गति बढाउनुपर्छ: रास्वपा
    पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण, हसन बनेनन् नायक
    पत्रकारबाट ट्रम्पको सञ्चार टोलीमा छलाङ, २४ वर्षीया हार्मनी ह्वाइट हाउसमा
    भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु
    संकटा मन्दिरमा शनिबार दर्शनार्थी
    देशका विभिन्न भागमा मनसुनी र पश्चिमी वायुको प्रभाव: कोशी, बागमती र गण्डकीमा वर्षाको सम्भावना
    प्रधानमन्त्री कार्यालयले भन्यो- चाडपर्वमा कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्छौं
    विदेशी मुद्राको विनिमयदर: कुवेती दिनार, पाउन्ड र युरो थप महँगो
    आजको राशिफल: वृष र मकरलाई विशेष योग, कुम्भ र वृश्चिकले सतर्कता अपनाउनुपर्ने
    AIGP सुशील सिंह राठौरद्वारा नयाँ बसपार्कमा नागरिक सहायता कक्षको उद्घाटन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij

    Les conseils des proches ne donnent pas toujours le résultat espéré en cuisine : un ingrédient manque, une cuisson varie ou les proportions dérapent. Pour réussir des recettes de restaurant ou de café, le sujet mérite d'être approfondi. comment récupérer une confiture brûlée Les conseils des proches ne fonctionnent pas toujours, surtout en cuisine. Pour réussir une recette de restaurant ou de café, mieux vaut ajuster les quantités et respecter chaque temps de préparation.