प्रकाशित मिति : मङ्लबार, भदौ २, २०८३
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र साह बालेनसँग भारतका प्रधानसेनापति धीरज सेठले शिष्टाचार भेटवार्ता गरेका छन् । रक्षामन्त्रीसमेत रहेका प्रधानमन्त्री साहसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सेनाध्यक्ष सेठले आज शिष्टाचार भेटवार्ता गरेका हुन् ।

उक्त भेटमा नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवसमेत सहभागी थिए । प्रधानसेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा समकक्षी सेठ चार दिने भ्रमणको सिलसिलामा आइतबार काठमाडौँ आएका हुन् ।
सेठलाई सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गरेका थिए । नेपाल र भारतबीच सन् १९५० देखि एक-अर्को देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गर्ने परम्परा छ।
सोमबार नै प्रधान सेनापति सिग्देल र सेनाध्यक्ष सेठबीच द्विपक्षीय भेटवार्तासमेत भएको थियो । सेठ बुधबार फर्कने कार्यक्रम रहेको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij