बिहिबार, भदौ ४, २०८३ | Thursday 20th August 2026

भारतको मध्य प्रदेशमा सडक दुर्घटनाः ८ जनाको मृत्यु, २० भन्दा बढी घाइते

  • प्रकाशित मिति : बिहिबार, भदौ ४, २०८३



  • एजेन्सी । भारतको मध्य प्रदेश राज्यमा भएको भीषण सडक दुर्घटनामा आठ जनाको मृत्यु भएको छ भने २० जनाभन्दा बढी घाइते भएका छन् ।

    मध्य प्रदेशको भिण्ड जिल्लास्थित ७१९ नम्बरको राष्ट्रिय राजमार्गमा एउटा यात्रुवाहक सवारीसाधन विपरित दिशाबाट आइरहेको ट्रकसँग ठोक्किँदा उक्त दुर्घटना भएको हो । स्थानीय प्रहरीकाअनुसार दुर्घटनामा घाइते भएकाहरूमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

    दुर्घटनाका पीडितहरू छिमेकी राज्य उत्तर प्रदेशको लखिमपुर खेरी जिल्लाका खेत मजदुरहरू हुन् । उनीहरू धान रोपेर आफ्नो घर फर्किरहेका थिए ।

    प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार राजमार्गमा अचानक आएका छाडा पशु चौपायालाई बचाउन खोज्दा तीव्र गतिमा रहेको यात्रुवाहक सवारीसाधन अनियन्त्रित भई ट्रकसँग ठोक्किन पुगेको थियो । दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको स्थानीय प्रशासनले जनाएको छ ।

    0
    0

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सिमरा घटना, बालिका हत्याको विरोधमा प्रदर्शन उग्र, इलाका प्रहरी कार्यालय घेराउ
    दाङमा यात्रुबाहक गाडीले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक जना घाइते
    ६१ वर्षीया महिलामाथि जबरजस्ती गर्ने २१ वर्षीय युवक पक्राउ
    भारतको मध्य प्रदेशमा सडक दुर्घटनाः ८ जनाको मृत्यु, २० भन्दा बढी घाइते
    प्रहरी कार्यक्रम प्रसारणका लागि सम्झौता नवीकरण
    दाङमा ट्याक्टर र अटो ठोक्किएर चालकको मृत्यु,२ जना घाइते
    भारतीय स्थल सेनाध्यक्ष सेठ स्वदेश फिर्ता
    प्रेस काउन्सिलका चार सदस्यको शपथ
    कोशी प्रदेशमा २८४३ जना फरार प्रतिबादी पक्राउ, जरिमाना स्वरुप १४ करोड १७ लाख ५४ हजार १८ उठ्यो
    ‘रास्वपा सांसदहरू चिठ्ठा परेर आएका हुन्’ भन्ने अभिव्यक्तिप्रति सांसद आशिका तामाङको आपत्ति

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij