शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

रसुवा विपद् व्यवस्थापनका लागि उद्धार कोषमा २७ करोड ३३ लाख सहयोग रकम संकलन

  • प्रकाशित मिति : बिहिबार, भदौ ११, २०८३



  • काठमाडौँ । रसुवामा बाढीबाट प्रभावित क्षेत्रमा राहत, खोज तथा उद्धार र पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम जुट्न थालेको छ।

    प्राप्त सहयोगलाई एकद्वार प्रणालीबाट व्यवस्थापन गर्ने क्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विभिन्न दाताबाट प्राप्त रकम कोषमा दाखिला गर्ने प्रक्रिया अघि बढाएका छन्।

    अर्थ मन्त्रालयका अनुसार पछिल्लो ६ घण्टाको अवधिमा विभिन्न कम्पनी तथा संस्थाबाट प्राप्त सहयोगमार्फत २७ करोड ३३ लाख रुपैयाँ संकलन भएको छ। सम्बन्धित दाताहरूले मन्त्रालयमा रकम हस्तान्तरण गरेपछि उक्त रकम विपद् उद्धार कोषमा जम्मा गर्ने प्रक्रिया अघि बढाइएको हो।

    संकलित रकम रसुवा बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारसँगै खोजी कार्य र आगामी पुनर्स्थापनाका लागि परिचालन गरिने जनाइएको छ। कोषमा योगदान गर्ने कम्पनी तथा अन्य सहयोगदाताको विवरणसमेत सार्वजनिक गर्ने तयारी गरिएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij