मङ्लबार, अशोज ६, २०८३ | Tuesday 22nd September 2026

गोर्खा ग्रुप दाङद्वारा जिल्लामा ठूलो धनराशि १० लाख बढी भोटेकोशी बाढीपीडितलाई सहयोग

  • प्रकाशित मिति : सोमवार, भदौ १५, २०८३



  • बिनिता शर्मा,काठमाडौ । गोर्खा ग्रुप दाङले १० लाख बढी भोटेकोशी बाढीपीडितलाई सहयोग गरेको छ ।

    भदौ १० गते आएको विध्वंसकारी बाढीले ४ जिल्लालाई ध्वस्त बनाएपछि अहिले देश नै पीडामा छ, र देशबासीहरु सबै ठुलो पीडामा गुज्रिएका छन।

    यो बेलामा देश तथा बिदेशमा रहेका स्वदेशी र बिदेशीहरुले सहयोग गरिरहेकोे, अबस्थामा भोटेकोशी बाढीपिडितको सहयोगार्थ दाङको गोरखा समूहले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख १ हजार १ सय ४७ रुपयाँ जम्मा गरेको हो।

    गोरखा समूह अन्तर्गत सञ्चालित विद्यालय र कलेजका साथै शिक्षक र कर्मचारीबाट संकलित रकम कोषमा जम्मा गरिएको समूहका {CEO}प्रमुख कार्यकारी अधिकृत नवल जिएमले जानकारी दिनुभयो ।

    गोरखा स्कुल घोराही र शिक्षक तथा कर्मचारीबाट २ लाख ५३ हजार, गोरखा स्कुल तुलसीपुर र शिक्षक तथा कर्मचारीबाट २ लाख ३१ हजार ४ सय ४५, गोरखा स्कुल लमही र शिक्षक तथा कर्मचारीबाट १ लाख ५६ हजार र गोरखा स्कुल लालमटीया र शिक्षक तथा कर्मचारीबाट ७९ हजार संकलन गरिएको थियो ।

    यसैगरी गोरखा रेसिडेन्सिएल स्कुल तुलसीपुर र शिक्षक तथा कर्मचारीबाट ४५ हजार १ सय ३३, भिक्टोरीया कलेज र शिक्षक तथा कर्मचारीबाट ५० हजार ४ सय ५८, गोरखा मोडेल कलेज तुलसीपुर र शिक्षक तथा कर्मचारीबाट ५० हजार र स्वर्णीम देउखुरी कलेज र शिक्षक तथा कर्मचारीबाट ३५ हजार जम्मा भएको छ /

    यस्तै, गोरखा पब्लिक हस्पिटलबाट १ लाख १ हजार १ सय ११ रुपयाँ गरी १० लाख १ हजार १ सय ४७ रुपयाँ कोषमा जम्मा गरिएको प्रमुख कार्यकारी अधिकृत जिएमले जानकारी दिनुभयो ।

    गोरखा समूह पूर्व गोरखा सैनिकहरुले स्थापना गरेका हुन् । समूहबाट शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा बिभिन्न कामहरु भएको जिएमले जानकारी दिनुभयो । गोर्खा ग्रुपका प्रमुख कार्यकारी अधिकृत जि एम ले तीन दशक भन्दा बढी समय देखि शिक्षा क्षेत्रमा खटिएको र दाङ भरि रहेका विभिन्न बिद्यालयमा करिब १५ हजार भन्दा बढी विद्यार्थी छन् भने, कृषि क्षेत्रमा पनि विभिन्न स्थानमा फमहरु संचालनमा आएका छन ।

    एउटा सामान्य बिद्यालय शुरूवात गरेर आज यो स्थानमा पुग्नु चानचुने कुरा होइन,अहिलेका युवाहरुले उहाँबाट केही सिक्नुपर्ने देखिन्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    रास्वपा सचिवालय बैठकका सात निर्णय सार्वजनिक, बाढीदेखि राष्ट्रसंघसम्मका विषय समेटिए
    एन्फा कोषाध्यक्ष र लेखापाललाई थप ४ दिन हिरासतमा राख्न अनुमति
    सुनसरीमा १ हजार ४ सय ५४ किलो ८७० ग्राम गाँजा सहित १ जना पक्राउ
    सहायक मार्गले पृथ्वी राजमार्ग जोखिममा
    रोनाल्डो हात्ती मृत अवस्थामा भेटियो
    १२ वर्षको यात्रा सहज रहेन तर चुनौती चिर्दै संविधानको रक्षा गर्यौं : एमाले अध्यक्ष ओली
    डेढ किलो सुनसहित एक भारतीय नागरिक पक्राउ
    सुनसरीबाट डेढ अरब भन्दा बढीको हुण्डी कारोबारमा संलग्न २जना  पक्राउ
    DIGP दिपेन्द्र घर्ती क्षेत्रीद्वारा नव निर्मित प्रहरी चौकी सराङकोटको भवन समुद्‍घाटन
    ट्राफिक प्रहरी कार्यालय  ५० वटा दुईपाङ्ग्रे सवारीसाधन फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij

    Skoraj vsi pri kuhanju zelenjave pretiravamo s časom, zato izgubi okus in vitamine. Z nekaj preprostimi triki bodo jedi bolj sočne, zdrave in zanimive; podrobnosti je vredno raziskati. Znanci svetujejo limono, a guacamole porjavi Ko zjutraj odpremo hladilnik, hitro najdemo idejo za okusen zajtrk. Malo sveže zelenjave, jogurta in domišljije zadostuje za hranljiv začetek dneva.