प्रकाशित मिति : मङ्लबार, भदौ ३०, २०८३
लुम्बिनी प्रदेश प्रहरी प्रमुख DIGP भूपेन्द्र बहादुर खत्रीले यही भदौ २८ गते आइतबार ‘स्कूप खबर’ अनलाइन प्रतिकामा प्रकाशित समाचारप्रति आपत्ति जनाउनु भएको छ।
आफ्नो व्यावसायिक निष्ठा, इमानदारी र निष्कलंक छविमाथि प्रश्न उठाउने उद्देश्यले भ्रामक तथा मनगढन्ते विषय प्रस्तुत गरिएको भन्दै DIGP खत्रीले समाचारको खण्डन गर्नुभएको छ ।


उहाँले आफूविरुद्ध भ्रम सिर्जना गर्ने उद्देश्यले प्रकाशित सामग्रीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै यस्ता गलत प्रचारको पछि नलाग्न आग्रह गर्नुभएको छ, साथै, प्रकाशित सामग्रीबारे आवश्यक कानुनी प्रक्रिया अविलम्ब अघि बढने बताउँनुभएको छ।
DIGP खत्री लुम्बिनी प्रदेश आएपछि निरन्तर रूपमा विभिन्न जिल्लामा अप्रेसन गर्दै करोडौंका अबैध सामान बरामद गर्दै आउँनुभएको छ। पटकपटक क्यासीनोहरुमा नियम बिपरित गर्नेहरुलाई कानुनी कार्बाही गर्दै आउँनुभएको छ।
ब्याबसायीक रूपमा निकै ईमानदार भएको विभिन्न जिल्लामा काम गर्ने सिलसिलामा ती जिल्लाका जानकारहरुले बताउँने गरेका छन ।
ईमानदार कुशल प्रदेश प्रहरी प्रमुख खत्रीको ब्यक्तिगत जिन्दगीमा के छ थाहा छैन, तर ब्याबसायीकता यत्तिको ब्यक्तीत्व बिरलै पाईएला???
अन्तमा यो समाचार प्रति उहाँको भनाइ
“मेरो व्यावसायिक निष्ठा घामजत्तिकै पारदर्शी छ, भ्रमपूर्ण प्रचारको विश्वास नगर्नुहोस्।” —लुम्बिनी प्रदेश प्रहरी प्रमुख DIGP भूपेन्द्र बहादुर खत्री।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij