प्रकाशित मिति : शुक्रबार, अशोज २, २०८३
बिनिता शर्मा,काठमाडौ । प्रहरीले सुनसरीमा डेढ अर्ब भन्दा बढीको हुण्डी कारोबारमा संलग्न २ जनालाई पक्राउ गरेको छ।
असोज १ गते हुण्डी कारोबारमा संलग्न भएको आरोपमा बिराटनगर महानगरपालिका वडा नम्बर १५ बस्ने ५६ बर्षीय संभु प्रसाद शाह र बिराटनगर महानगरपालिका १७ बस्ने ३५ बर्षीय सुरज प्रसाद शाहलाई पक्राउ गरेको हो।
यी दुई जनाले शंकास्पद गतिविधि गरेको सूचनाको आधारमा खोजतलास गर्दै जाँदा, अन्य ब्यक्तिहरुसंग मिलेर ब्यक्तिगत तथा फमका नाममा रहेका बैंक खाता प्रयोग गरि १ अरब ५७ करोड ६४ लाख ३९ हजार ३ सय ६४ को हुण्डी मार्फत गरेको देखिएकोले यी दुबै जनालाई आबस्यक कानुनी कार्बाहीका लागि अदालत मार्फत म्याद थप गरी अनुसन्धान भै रहेकोे,जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख पुष्पराज मल्लले जानकारी दिनुभयो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij