शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

डेढ किलो सुनसहित एक भारतीय नागरिक पक्राउ

  • प्रकाशित मिति : शुक्रबार, अशोज २, २०८३



  • डेढ किलो सुनसहित एक भारतीय पक्राउ परेका छन्।

    काठमाडौँको असन भेडासिंहबाट झण्डै डेढकिलो सुनसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्।पक्राउ पर्नेमा भारतको कलकता घर भइ हाल काठमाडौँ महानगरपालिका २६ भेडासिंह बस्ने ४१ वर्षीय मानिक दास रहेका छन्।

    प्रहरीले एक किलो ४८२.८१ ग्राम सुनका गहना बरामद गरेको हो। उनले त्यहाँ सुनचाँदीका गरगहना अवैध रुपमा बिक्री वितरणका लागि भण्डारण गरेको सूचनाका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली पुगेको थियो।

    घरको माथिल्लो तलामा उक्त गहना लगायतका सामान बरामद गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रामेश्वर कार्कीले जानकारी दिए।

    यस्तै, उनको साथबाट ७ लाख ५६ हजार रुपैयाँ पनि बरामद गरेको एसपी कार्कीले बताए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij