प्रकाशित मिति : शनिबार, अशोज ३, २०८३
बिनिता शर्मा,काठमाडौ। सुनसरीमा प्रहरीले १ हजार ४ सय ५४ किलो ८७० ग्राम गाँजा सहित १ जनालाई पक्राउ गरेको छ।
प्रहरीले सुनसरी जिल्लाको ईनरुवा नगरपालिका वडा नम्बर १० जाल्पापुर चम्राही टोलबाट १ हजार ४ सय ५४ किलो ८७० ग्राम गाँजा सहित एक जनालाई पक्राउ गरेको हो।
शनिबार बिहान ३ बजे को १ च ८२७९ नम्बरको टाटा पिकअप भ्यानबाट खोजतलासको सिलसिलामा गाँजा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ गरिएको गाँजा सहित भोक्राहा नर्सिङ गाउँपालिका वडा नम्बर ५ बस्ने ३० बर्षीय राम बहादुर यादवलाई पक्राउ गरि थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख SP पुष्पराज मल्लले जानकारी दिनुभयो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij