शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

एन्फा कोषाध्यक्ष र लेखापाललाई थप ४ दिन हिरासतमा राख्न अनुमति

  • प्रकाशित मिति : आइतवार, अशोज ४, २०८३



  • काठमाडौँ । जिल्ला अदालत ललितपुरले अखिल नेपाल फुटबल संघ (एन्फा)का कोषाध्यक्ष रवीन्द्र जोशी र लेखापाल सञ्जीव पाण्डेलाई थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

    जिल्ला न्यायाधीश भगवती शर्मा ढुंगानाको इजलासले अनुसन्धानका लागि दुवै जनालाई थप चार दिन हिरासतमा राख्न अनुमति दिएको अदालतका सूचना अधिकारी टीकाध्वज कार्कीले जानकारी दिए ।

    नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले शुक्रबार एन्फाको सातदोबाटोस्थित मुख्यालयमा छापा मारेर जोशी र पाण्डेलाई पक्राउ गरेको थियो ।

    पक्राउपछि प्रारम्भिक अनुसन्धानका लागि हिरासतमा राखिएका उनीहरूलाई थप अनुसन्धान अघि बढाउन सीआईबीले अदालतबाट म्याद थपको अनुमति मागेको थियो ।

    अदालतको अनुमतिसँगै सीआईबीले एन्फासम्बन्धी विषयमा अनुसन्धानलाई थप अघि बढाउने भएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij