शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

सचिवमा आभा श्रेष्ठ कर्ण बढुवा

  • प्रकाशित मिति : मङ्लबार, अशोज १३, २०८३



  • काठमाडौँ । सरकारले सहसचिव आभा श्रेष्ठ कर्णलाई सचिवमा बढुवा गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले कर्णलाई नेपाल प्रशासन सेवातर्फ राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने निर्णय गरेको हो।

    यसअघि सचिव बढुवा सिफारिस समितिले प्रशासनतर्फ रिक्त एक सचिव पदका लागि कर्णसहित तीन वरिष्ठ सहसचिवको नाम सिफारिस गरेको थियो।

    समितिले योग्यताक्रममा आभा श्रेष्ठ कर्णलाई पहिलो, चक्रबहादुर बुढालाई दोस्रो र जयनारायण आचार्यलाई तेस्रो नम्बरमा राखेर सिफारिस गरेको थियो।

    प्रचलित व्यवस्थाअनुसार सिफारिस भएका तीन जनामध्येबाट सरकारले एक जनालाई सचिवमा बढुवा गर्ने व्यवस्था छ। सोहीअनुसार मन्त्रिपरिषद्ले पहिलो नम्बरमा सिफारिस भएकी कर्णलाई सचिवमा बढुवा गरेको हो।

    कर्ण २०७१ सालमा सहसचिव बनेकी हुन्। हाल मधेश प्रदेशमा कार्यरत कर्ण सचिव बढुवाका लागि यसअघि पनि सिफारिसमा पर्दै आएकी थिइन्। उनको पदस्थापन भने टुंगिएको छैन ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij