बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?

  • प्रकाशित मिति : बुधबार, कार्तिक १९, २०८३



  • काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले सञ्चारमाध्यममाथि भइरहेको हस्तक्षेप र पत्रकारमाथिको धरपकडप्रति चिन्ता व्यक्त गर्दै प्रेस स्वतन्त्रताको पक्षमा सञ्चारकर्मीहरू आफैँले आवाज उठाउनुपर्ने बताएका छन् ।

    बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै शर्माले सञ्चारमाध्यममाथि हस्तक्षेप हुँदा सञ्चार जगत एकजुट भएर प्रतिवाद गर्न नसकेको भन्दै प्रश्न उठाएका हुन् । उनले पत्रकार पक्राउ परिसकेपछि मात्रै प्रेस स्वतन्त्रतामाथि प्रश्न उठाउने हो ? भन्दै सञ्चारकर्मीहरूलाई प्रतिप्रश्न गरे ।

    सञ्चारमाध्यममाथि डर र त्रास सिर्जना हुँदा त्यसको प्रभाव समग्र लोकतन्त्रमै पर्ने उनको भनाइ छ । शर्माले सञ्चारमाध्यममाथि हस्तक्षेप हुँदा मिडियाले नै आफ्नो पक्षमा निर्भीकतापूर्वक आवाज उठाउनुपर्ने बताए ।

    उनले लोकतन्त्रको अवस्था निर्वाचनबाट मात्रै नभई प्रेसले निर्भयतापूर्वक लेख्न पाउने अवस्थाबाट मापन हुने बताए । उनले सञ्चारमाध्यममाथि निरन्तर दबाब र हैरानी सिर्जना गरिए लोकतन्त्रको वास्तविक अभ्यास कमजोर हुने जिकिर गरे।

    नेपालको संविधान, शान्ति प्रक्रिया र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि राजनीतिक दलसँगै सञ्चारमाध्यमले पनि अग्रपङ्क्तिमा रहेर भूमिका खेलेको स्मरण गर्दै उनले नेपाली कांग्रेसका तर्फबाट सञ्चार जगत्प्रति सम्मान व्यक्त गरे ।

    उनले भने, ‘तपाईंहरू कुन–कुन मिडियाकर्मी पक्राउ स्वयं परिसकेपछि मात्रै प्रेस स्वतन्त्रतामाथि प्रश्न उठ्ने हो ? तपाईं कुन–कुन मिडियाको अघिल्तिर मोटर तेर्स्याएपछि मात्रै भयको अनुभूति गर्ने ? संसारको कुनै पनि देशमा लोकतन्त्र छ कि छैन भन्ने आधार त्यहाँ हुने निर्वाचन होइन । कुनै पनि देशमा लोकतन्त्र छ या छैन भन्ने कुराको सबैभन्दा बलियो आधार र मानक के हो भने त्यो देशको प्रेसले निर्भयतापूर्वक लेख्न पाउँछन् या पाउँदैनन् भन्ने हो ।’

    शर्माले मिडिया हाउसमाथि गाडी तेर्स्याइएको घटनाको छानबिनबारे पनि प्रश्न उठाए । उक्त घटनाको छानबिन गर्न निर्देशन दिइए पनि अहिलेसम्म त्यसको तथ्य र प्रतिवेदन सार्वजनिक नभएको भन्दै उनले सरकार तथा सम्बन्धित पक्षको जवाफदेहितामाथि प्रश्न उठाए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij