प्रकाशित मिति : मङ्लबार, कार्तिक ९, २०७३
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आज लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनाली नेतृत्वको टोलीले भेट गरी नयाँ संविधानबमोजिम आयोगका काम अघि बढाउन नयाँ कानुनको आवश्यकता भएको अवगत गराएको छ ।
आयोगका अध्यक्ष मैनालीले आफूहरुले संविधान र कानुनप्रदत्त जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिरहेको भन्दै नयाँ संविधानले आयोगको दायित्व र भूमिकामा बढोत्तरी गरेको र यसलाई सम्पन्न गर्न नयाँ कानुनको खाँचो रहेको बताए ।
नयाँ संविधानअनुसार आयोगको नयाँ विधेयक व्यवस्थापिका–संसद्मा पेस भए पनि पारित नभएकामा आयोगले छिटो पारित गराउन पनि प्रधानमन्त्रीसंग आग्रह गरेको छ ।
सो अवसरमा प्रधानमन्त्री दाहाल प्रचण्डले विधेयक चाँडो पारित गराउन सक्दो प्रयास गर्ने बताउँदै आयोगले कर्मचारी भर्ना, नियुक्तिका सर्वमान्य सिद्धान्तलाई अक्षुण्ण राख्दै आफ्नो जिम्मेवारी विश्वसनीयरुपमा निर्वाह गरेकामा प्रशंसा व्यक्त गर्नुभएको आयोगका सहसचिव किरणराज शर्माले जानकारी दिए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij