प्रकाशित मिति : मङ्लबार, कार्तिक ९, २०७३
काठमाडौँ । नेपाल उद्योग परिसंघले नेपाल सरकार र निजी क्षेत्रलाई नि सहयोग पुग्ने गरी बौद्धिक समुहहरुको थिङट्या्ङ्क बनाएको छ ।
परिसंघले मंगलबार काठमाण्डौमा पत्रकार सम्मेलन गरी पुर्व राजदुत तथा परराष्ट्रवीद शम्भुराम सिंम्खडाको संयोजकत्वमा १५ सदस्यीय परिसंघ प्रबुद्ध परिषद् गठन गरेको जानकारी गराएको हो । परिषद्ले नेपाल सरकारका पुर्व सचिव, योजना आरयोगका पुर्व सदस्यहरु, विभिन्न विषयका विषय विज्ञहरु सहितको समुह बनाएको हो ।
परिषद्मा शंकर कोइराला, डाक्टर शंकर शर्मा, प्राध्यापक डाक्टर गोविन्द शर्मा, पुरुषोत्तम ओझा, उमाकान्त झा, सुवास केसी , इन्दु लोहनी, कृष्ण ज्ञवाली, सुरेश मान श्रेष्ठ, मिना बैद्य, हिमालय थापा, किशोर थापा लगायत छन् । परिषद्ले मुलुकमा लगानी र व्यवसायको वातावरण बनाउन आवश्यक नीति नियम तथा कार्यक्रम बनाउन सघाउने छ ।
नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले नवगठित परिसंघ प्रबुद्ध परिषद्ले विभिन्न विषयमा अध्ययन अनुसन्धान गरी कार्यक्रमहरु बनाउने जानकारी दिए । परिसंघ प्रबुद्ध परिषद्को समय एक बर्ष तोकिएको छ । सो अवधिमा परिषद्ले लगानी र व्यवसाय प्रवद्र्धनको वातावरण सम्बन्धमा अध्ययन गरी सुझाव दिनेछ । ती सुझावहरु सरकारलाई पनि बुझाईने छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij