प्रकाशित मिति : बुधबार, कार्तिक १०, २०७३
काठमाडौं । नेपाली कांग्रेसले अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्व बुधबार दर्ता गरेको महाभियोग प्रस्ताव पारित गर्ने नगर्ने निर्णय गर्न सकेको छैन, आजको दृष्टि साप्ताहिकमा खबर छापिएको छ ।
विगतमा एमालेलाई ढुलमुले पार्टी भन्दै आएको कांग्रेसले एक सातासम्म पनि महाभियोग प्रस्तावको बारेमा निर्णय गर्न सकेको छैन । पार्टी सभापति शेरबहादुर देउवा पार्टीबाट महाभियोगको पक्षमा निर्णय गराउने प्रयासमा छन् । तर, डा रामशरण महत, डा नारायण खड्का, डा मिनेन्द्र रिजालहरु लोकमानको रक्षमा मैदानमा ओर्लिएका छन् ।
डा महतले अर्थमन्त्रालयमा रहेका भ्रष्टाचारमा आँखा चिम्लिएको र लिटिल एन्जल स्कुलका साहु उमेश श्रेष्ठको अकूत सम्पत्ति छानबिनको उजुरी तामेलीमा राखिदिएवापत लोकमानको बचाउ गरेको कांग्रे नेताहरु बताउँछन् ।
अर्थमा रामशरणले आन्तरिक राजश्व विभागबाट कर फस्र्योट आयोग बनाई अरबौं कर मिनाहा गरी ५० औं करोड घूस खाएको प्रकरणमा अख्तियारले आँखा चिम्लिदिएबापत उनी लोकमानको प्रतिरक्षमा उत्रिएका छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij