आइतवार, कार्तिक १६, २०८३ | Sunday 1st November 2026

लोकमानले यसरी दुरुपयोग गरे प्रहरी

  • प्रकाशित मिति : बुधबार, कार्तिक १०, २०७३



  • काठमाडौं । तलब बराबर नै थप भत्ता पाइने भए पनि प्रहरीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोस्टिङ खासै रुचिकर स्थान होइन ।

    तर, जब लोकमानसिंह कार्की आयोग प्रमुखमा नियुक्त भए, अवस्था अर्कै भयो । प्रहरीमाझ अख्तियार जाने होड नै चल्न थाल्यो । निजामति पन्छिन थाले ।

    कार्की २०७० वैशाख २५ गते प्रमुख आयुक्तका रुपमा छिरे । निजामतिको कार्यशैलीबारे जानकार उनी ‘प्रक्रिया खोज्नेभन्दा आदेश पालकको खोजीमा थिए । जतिखेर आदेश आयो उत्ति नै बेला खटिने, अपराध अनुसन्धान, व्यक्तिगत विवरण संकलन, सुरक्षित जासुसी शैली अपनाउन सिपालु र चेन अफ कमान्डको अनुसरण गर्ने प्रहरी जनशक्ति उनका लागि मुख्य सहयोगी भए ।

    यस्तै एक प्रिय पात्र हुन् दानबहादुर थापा । कार्कीको व्यक्तिगत सुरक्षामा प्रहरी निरीक्षकको दर्जामा प्रहरी प्रधान कार्यालयबाट खटिएका उनी अहिले डिएसपी बनेका छन् ।

    जिम्मेवारी कार्कीको सुरक्षा भए पनि दुई वर्षबीचमा उनी ‘कोर समूहका प्रभावशाली सदस्य’ भए । उनको हैसियत संगठनका एआईजी तहका अधिकारीलाई तर्साउन सक्नेसम्म पुग्यो ।

    निजी सचिवालयमा रहेका उनी संगठनभन्दा बढी कार्कीको बफदार भए । कसैलाई धम्क्याउन होस् वा फकाउन, उनी सहजै परिचालित भए । आजको कान्तिपुर दैनिकमा खबर छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij