प्रकाशित मिति : शुक्रबार, साउन २८, २०७३
नेपालको सुदूरपश्चिम क्षेत्रसँग जोडिएको भारतको उत्तराखण्ड प्रदेशको बागेश्वर जिल्लामा १५ हजार वर्ष पुरानो गुफा पाइएको छ । वैज्ञानिकहरुले गुफाको खोजी गर्दै १५ वर्ष पुरानो गुफा भएको हुनसक्ने बताएका छन् ।
भूगर्भविद् वैज्ञानिकहरुले खोजेको उक्त गुफाभित्र जलकुण्ड र शिवलिङ्ग समेत रहेको छ । यस
बाट गुफाभित्र मानवीय गतिविधि समेत भएको अनुमान लगाइएको छ ।
उत्तराखण्डका प्राचीन गुफाहरुको अध्ययन गरिरहेका भूगर्भविद् बहादुर सिंह कोटलियाका अनुसार, दश महिनाको अन्तरालमा बागेश्वरमा अर्को गुफा पाइएको हो । यसअघि काँडा गाउँमा करिब १० हजार वर्ष पुरानो गुफा पाइएको थियो ।
उनका अनुसार, शोध कार्य अहिले पनि जारी नै छ । अहिलेसम्म प्राप्त संकेतहरुका अनुसार, यो पहाडी क्षेत्रमा मानवीय उपस्थिति निकै पहिलादेखि रहेको थियो । नयाँ अनुसन्धानले कुमाउँ क्षेत्रको इतिहासलाई झन राम्रो ढंगले बुझ्न सकिने छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij