प्रकाशित मिति : बुधबार, कार्तिक १०, २०७३
काटमाठौं । धावनमार्गमा मरेको चरा भेटिएपछि बुधबार बिहान त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ । बिहान ८ बजेर २६ मिनेटमा रन–वेमा मरेको चरासँगै फुटेको सिसा रहेको खबर एयर ट्राफिकले पाएलगत्तै विमानस्थल बन्द गरिएको हो ।
मरेको चरासँगै फुटेको सिसा भेटिएपछि सरसफाईका लागि डेढ घण्टा विमानस्थल बन्द गरिएको विमानस्थलका अधिकारीहरुले बताएका छन् । कुन जहाजमा चरा ठोक्किएको खुल्न सकेको छैन ।
रन–वेबाट चरा निकाल्न नै डेढ घण्टा विमानस्थल बन्द गरिएको थियो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij