सोमवार, कार्तिक १७, २०८३ | Monday 2nd November 2026

बाघ महोत्सव सुरु

  • प्रकाशित मिति : बुधबार, कार्तिक १०, २०७३



  • भीमदत्तनगर । ‘बाघको संरक्षण गराँै, वन्यजन्तुको चोरी–सिकार नियन्त्रण गरौँ’ भन्ने मूल नाराका साथ मङ्गलबारदेखि कञ्चनपुरको दोधाराचादँनी नगरपालिकामा प्रथम बाघ महोत्सव–२०७३ सुरु भएको छ ।

    बाघ संरक्षणका लागि सचेतना फैलाउनका शुक्लाफाँटा वन्यजन्तु आरक्षअन्तर्गत पर्ने सगरमाथा मध्यवर्ती उपभोक्ता समितिको आयोजनामा सुरु भएको महोत्सवको आरक्ष कार्यालयका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले उद्घाटन गरे । महोत्सव आयोजनाले स्थानीयस्तरमा बाघ संरक्षणका साथै बासस्थानको विस्तार तथा वन्यजन्तु चोरी–सिकार नियन्त्रण लगायत विषयमा जनचेतना दिने उद्देश्य राखेको छ ।

    तीनदिने महोत्सवमा विभिन्न सांस्कृतिक प्रस्तुति रहनेछ । मुलुकमै थोरै क्षेत्रफलमा बढी बाघको सङ्ख्या रहेको आरक्षका रुपमा परिचित शुक्लाफाँटा आरक्ष अन्तर्गतका विभिन्न मध्यवर्ती उपभोक्ता समितिको सक्रियताले वन्यजन्तुको संरक्षणमा थप टेवा पुगेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij