प्रकाशित मिति : बुधबार, कार्तिक १०, २०७३
काठमाडौं । अख्तियारका प्रमुुख आयुक्त लोकमान सिंह कार्की विरुद्ध संसदमा महाअभियोग प्रस्तावमाथि छलफल चलिरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अख्तियारका अन्य आयुक्तहरुसँग सामूहिक छलफल गरेका छन् । प्रधानमन्त्रीले आज विहान प्रधानमन्त्री कार्यलय सिंहदरवारका आयोगका आयुक्तहरुलाई बोलाएर छलफल गरेका हुन् ।
प्रधानमन्त्री कार्यलय स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले प्रमुख आयुक्त विरुघ महाअभियोग प्रस्ताव दर्ता भएपनि आयोगको काम कारवाहीलाई अगाडि बढाउन आग्रह गरेका छन् । एमाले र माओवादी मिलेर दर्ता गराएको महाअभियोगको प्रस्तावमाथि हिजोदेखि संसदमा छलफल शुरु भएको थियो । तर, संसद वैठक कार्तिक २५ गतेसम्मका लागि स्थगित भएको छ ।
कार्की विरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएपछि आयुक्त दीप बस्न्यात कार्यवाहक आयुक्त भएका छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij