प्रकाशित मिति : शुक्रबार, चैत्र ८, २०७५
गोरखा । गोरखाको पालुङटार नगरपालिका १० धुँवाकोटमा कुकुर र चितुवाबीच भिडन्त हुँदा चितुवाको मृत्यु भएको छ । बिहीबार बिहान करिब ४ बजेतिरबाट सुरु भएको भिडन्तमा चितुवालाई ६ वटा स्थानीय कुकुरले आक्रमण गरेका थिए ।
फुचुङ लामाको बाख्रा फारममा चितुवा आएपछि कुकुरहरुले चितुवालाई आक्रमण गरेका थिए । आक्रमणबाट एउटा कुकुर पनि मरेको छ भने दुई कुकुर घाइते भएका छन् ।
कुकुरले चितुवा मारेपछि टाढाटाढादेखि मरेको चितुवा हेर्नेहरुको भिड लागेको थियो । हाल मृत चितुवा जिल्ला वन कार्यालयको जिम्मा लगाइएको वडाध्यक्ष भेजराज पाण्डेले बताए । उक्त चितुवाको मुचुल्का जिल्ला वन कार्यालयले उठाएको हो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij