प्रकाशित मिति : शुक्रबार, कार्तिक १२, २०७३
सिन्धुपाल्चोक । राष्ट्रपति बिद्यादेवी भण्डारीले धुर्मुस सुन्तली एकीकृत नमुना बस्ती सिन्धुपाल्चोक गिराउन्चौरका भूकम्प प्रभावितलाई हस्तान्तरण गरेकी छिन् । शुक्रबार एक समारोहकाबिच भण्डारीले बस्ती हस्तान्तरण गरेकी हुन् ।
६५ घर रहेको बस्तीका ३ ब्लक मध्ये भण्डारीले एक ब्लक हस्तान्तरण गरेकी हुन् भने अर्को ब्लक सिताराम कट्टेल र कुञ्जना घिमिरेका मातापिता बोघराज कट्टेल र कमला कट्टेल तथा हरिप्रसाद घिमिरे तथा सीतादेवी घिमिरेले हस्तान्तरण गरे ।
कार्यक्रममा हाँस्यकलार हरिबंश आर्चायले धुर्मुस सुन्तलीको कामबाट आफू हर्षविभोर भएको बताए । सरकारले भन्दा छिटो काम गरेर धुर्मुस सुन्ततीले देखाएको भन्दै उनले यसबाट सरकारले पनि सिक्नुपर्ने बताए । यस्तै अर्का कलाकार मदनकृष्ण श्रेष्ठले धुर्मुस सुन्तलीले गरेको कामको मूल्याङ्कन तथा प्रसंसा गर्ने शब्द नै नरहेको उल्लेख गरे ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij