प्रकाशित मिति : बिहिबार, साउन १३, २०७३
काठमाडौं,१३ साउन— विश्वमा आतंकवादी घटना बढ्दै गएपछि नेपालको विमानस्थलमा सुरक्षा सर्तकता बढाइएको छ । दुई सातायता विमानस्थल सुरक्षामा कमान्डो तालिम गरेका प्रहरीको विषेश कार्यदलबाट प्रहरी खइटाएको छ ।
सुरक्षा चुनौती मूल्याङकन गरी कार्यदलबाट ३५ जनाको प्लाटुन विमानस्थलको सुरक्षामा खटाइएको हो । विमानस्थल सुरक्षालाई बलियो बनाउन विशेष कार्यदलबाट प्लान्टुन झिकाइएको विमानस्थल प्रहरी प्रमुख डिआइजी गोविन्द निरौलाले जानकारी दिनुभयो ।
गृहमन्त्रालयबाटै निर्णय गरेर विमानस्थलमा कमान्डो तालिम गरेका प्रहरीलाई खटाइएको छ । एसएलआर हतियार बोक्ने किसिमको जिम्मेवारी दिइएको छ । आजको नयाँ पत्रिकामा खबर छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij