आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

नेपालगञ्ज नाकाबाट भारतीय पशुको आयात पूर्णरूपमा ठप्प

  • प्रकाशित मिति : आइतवार, चैत्र १७, २०७५



  • राँझा । नेपालगञ्ज नाकाबाट भारतीय पशु तथा पशुजन्य वस्तुको आयात पूर्णरूपमा ठप्प भएको छ।

    पशु क्वारेन्टाइन गर्दा पशु स्वास्थ्य तथा पशु सेवा ऐनलाई कडाइका साथ कार्यान्वयन गरेपछि पशु तथा पशुजन्य वस्तुको आयात पूर्णरूपमा ठप्प भएको पशु क्वारेन्टाइन जाँच केन्द्र जमुनाहका प्रमुख शितलबाबु श्रेष्ठले बताए।

    ऐनमा व्यवस्था भएअनुसार व्यवसायीले पशु तथा पशुजन्य वस्तुको स्वास्थ्य परीक्षण प्रमाणपत्र ल्याउन नसकेपछि आयात पूर्णरूपमा रोकिएको श्रेष्ठले जानकारी दिए। श्रेष्ठका अनुसार, अब भारतबाट पशु आयात गर्दा स्वास्थ्य प्रमाणपत्र अनिवार्य गरिएको छ । त्यस्तै पशुजन्य वस्तु दाना ल्याउँदा सेनेटरी प्रमाणपत्र आवश्यक पर्छ।

    “त्यस्तो प्रमाणपत्र दिने निकाय दिल्ली वा कोलकातामा रहेका कारण आयातकर्तालाई डकुमेन्ट जुटाउन कठिनाइ भएको छ”, कार्यालय प्रमुख श्रेष्ठले भने, “पहुँच नभएका कारण आयातकर्ताले आवश्यक प्रमाणपत्र ल्याउन नसक्दा कुनै पनि पशु र पशुजन्य वस्तु आयात हुननसकेको हो।”

    नेपालगञ्ज नाकामा फागुन २६ गतेबाट कुनै पनि पशु तथा पशुजन्य वस्तुको आयात भएको छैन । पशु तथा पशुजन्य दाना पशु क्वारेन्टाइनको स्वीकृतिमा भन्सार तिरेर मात्र नेपाल ल्याउन पाइन्छ।

    उनका अनुसार, यसअघि देशभरका पशु क्वारेन्टाइनले भारतमा पशुजन्य वस्तु खरीद गरेको बिल र भारतीय भन्सारको प्रमाणपत्र देखाएकै भरमा नेपाल आयात गर्न पाइन्थ्यो।

    तर, यसरी हचुवाका भरमा आयात गरिएका पशु तथा पशुजन्य वस्तु अस्वस्थकर भएको पाइएपछि सरकारले ऐन कार्यान्वयनमा कडाइ गरेको हो।

    दानालगायतका वस्तु आयातका लागि पहिले पशु सेवा विभागको कागज भए पुग्ने भए पनि अब सेनेटरी प्रमाणपत्र अनिवार्य भएको छ।

    ऐन कार्यान्वयनमा कडाइ भएको थाहा नपाएका व्यवसायीले नेपाल भित्र्याएका दानालगायतका पशुजन्य वस्तु नेपालगञ्ज भन्सारमा थन्किएको छ। स्वास्थ्य प्रमाणपत्र ल्याएपछि मात्र आयातका लागि अनुमति दिने तयारीमा पशु क्वारेन्टाइन कार्यालय रहेको छ।

    पशु क्वारेन्टाइन जाँच केन्द्र नेपालगञ्जका अनुसार, नेपालगञ्ज नाका हुँदै चालू आर्थिक वर्षको फागुन २६ गतेसम्म ६९ हजार २२७ खसी–बोका भित्रिएको थियो भने एक ४७५ मेट्रिकटनभन्दा बढी दाना आयात भएको थियो।

    मुख्य नाकाबाट पशु तथा पशुजन्य वस्तुको आयातमा कडाइ भएपछि भन्सार छलेर अवैधरूपमा भित्रिन थालेको छ।

    वस्तु व्यवसायीले ग्रामीण नाका प्रयोग गरी भारतीय खसी–बोका र पशुजन्य वस्तु आयात गर्न थालेको पाइएको वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रमुख प्रहरी निरीक्षक नारायण डाँगीले जानकारी दिए।

    दुईहप्ता अघिमात्रै अवैधरूपमा नेपाल भित्र्याएको ८० खसी–बोका प्रहरीले पक्राउ गरेको थियो। नेपालगञ्ज प्रवेश हुने ग्रामीण नाकामा समेत निगरानी बढाएको प्रहरी निरीक्षक डाँगीले बताए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij