प्रकाशित मिति : शुक्रबार, कार्तिक १२, २०७३
महोत्तरी । महोत्तरीको जलेश्वर – १३ मा झाडापखालको महामारी देखिएको छ । महामारीका कारण दुई वर्षीयाको मृत्यु भएको छ भने ५२ जना बिरामी छन् ।
श्रवण सदाका छोरी राधिका सदाको बिहिबार बिहान अस्पताल पुर्याउने क्रममा मृत्यु भएको छ ।
जेमेका पानीको घुँगी र माछा मारेर खाएपछि गत ९ गतेबाट सुरु भएको प्रकोपका कारण ५२ जना रहेका छन् । यीमध्ये आधाभन्दा बढी बालबालिका छन् ।
निरिक्षक सन्तोष कुमार ठाकुरको नेतृत्वमा चारजनाको जनस्वास्थ्य टोली प्रभावित क्षेत्रमा रही बिरामीहरुको उपचार गरिरहेका छन् ।
अवस्था बिग्रिपछि ८ जनालाई हिजो दिउँसा अस्पतालमा भर्ना गरिएको छ । बिरामीको स्थिती थोरै सामान्य जस्तो देखिएको बताइएको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij