प्रकाशित मिति : शुक्रबार, कार्तिक १२, २०७३
दाङ । दाङमा प्रहरीले घोराहीवाट ५ सय लिटर अवैध मदिरासहीत उत्पादन गर्ने केही सामग्री नियन्त्रणमा लिएको छ । प्रहरीले गएराति वेलुकि ५–६ बजेको समयमा घोराही बजार क्षेत्रका होटल ,भट्टि पसलहरुबाट सो परीमाणमा अवैध मदिरा नियन्त्रणमा लिनुका साथै उत्पादन गर्ने केही सामग्री नियन्त्रणमा लिएको हो । वडा प्रहरी कार्यालय घोराही र जिल्ला प्रहरी कार्यालय दाङको टोलीले अबैध घरेलु मदिरा र उत्पादन गर्ने केही सामग्रि समेत बरामद गरेको वडा प्रहरी कार्यालय घोराहीका प्रमुख प्रहरी निरीक्षक सुर्य थापाले जानकारी दिनु भयो।
अबैध मदिराका कारण होहल्ला, झैझगडा ,घरेलु हिंसा,लगायतका बिभिन्न सामाजिक अपराधहरु घट्ने भएकाले ति सामाजिक अपराधहरुलाई नियन्त्रण गर्न र नजिकिएको तिहार तथा छठ पर्वलाई समेत सुरक्षित र शान्तपुर्ण वातावरण कायम राख्नका लागि अबैध मदिरा नियन्त्रण अभियानलाई निरन्तरता दिईएको उहाले बताउनु भयो । नियन्त्रणमा लिईएका मदिरा नष्ट गरीने छ । साथै वडा प्रहरी कार्यालय घोराहीले तिहार तथा छठ पर्वको समयमा पटका ,रकेट लगायतका विष्फोटक पदार्थको प्रयोग नगर्न सबैलाई आग्रह गरेको छ । आगलागि हुन सक्ने र मानविय क्षेति समेत हुन सक्ने भएकोले पटका लगायतको विष्फोटक पदार्थ प्रयोग नगर्न प्रहरीले सबैलाई अनुरोध गरेको हो ।प्रहरी निरीक्षक थापाले तिहारमा खेलिने देउसी भैलो रातमा १० वजे सम्म मात्र खेल्न घोनपा क्षेत्रमा माईकिङ समेत गरेर जानकारि गराईएको जनाउनु भयो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij