आइतवार, कार्तिक १६, २०८३ | Sunday 1st November 2026

नयाँ नगरमा फस्टाउँदै यौन व्यापार

  • प्रकाशित मिति : शुक्रबार, कार्तिक १२, २०७३



  • जनकपुधाम । धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिकामा अन्तर्गत रहेको महेन्द्रनगर व्यापारिक केन्द्रको रुपमा विकसित हुदै गईरहेको छ । तर, त्यो सँगसँगै यौन व्यवसाय पनि सँग फस्टाउँदै गई रहेको छ ।

    महेन्द्रनगरदेखि दक्षिण करिव १ कि.मिको दुरी मा जनकपुर–ढल्केवर सडक खण्डको दुवै छेउमा रहेको रेष्टुरेन्टहरुमा खुल्ला रुपमै यौन व्यापार भइरहको छ । यस्ता विकृति फस्टाउँदै जाँदा समेत स्थानिय प्रशासनको त्यस तर्फ ध्यान केन्द्रित हुन सकेको छैन । जनकपुरमा खुल्ला रुपमा यौनधन्दा गर्नबाट बंचित भएपछि उनीहरु महेन्द्रनगरलाई यौन व्यापार अखाडा बनाएका छन । होटेल अगाडि रेष्टुरेन्टको बोर्ड झुण्डिइयाईए पनि भित्र भने देहव्यापार भईरहेकोे स्थायनीयहरुको आरोप छ ।

    दुई बर्ष अघि १ छाप्रो बनाएर सडकको छेउमा सुरु गरिएको सो यौनव्यवसाय हाल आएर आधा दर्जन छाप्रो जसमा एउटा घर इँटाको पनि रहेको छ । स्थानीयहरुको भनाई अनुसार नयाँ सिडियो, नयाँ एसपी र ईलाकामा नयाँ इन्सपेक्टर आएपश्चात होटलहरु केही दिन बन्द हुने तर फेरी केही दिनपछि सो होटलहरु सञ्चालनमा आउँछन् ।

    अन्य होटलहरुको तुलनामा त्यहा पाईने हरेक परिकार तथा पेय पदार्थको पनि दररेट सय पचास बढि नभई दोब्बर तेब्बरभन्दा पनि बढि रहेको सो स्थानामा सञ्चालित मुन स्टार रेष्टुरेन्टको बिलमा उल्लेख भएको पाइन्छ । मुनलाइट रेस्टुरेन्टको बिलमा २ सय रुपैयाँमा पाइने बियर ५ सय ५०, २५ रुपैयाँको पानीको बोतल १ सय ५०, १० रुपैयाँमा पाइने चुरोट २५ रुपैया ग्राहकबाट लिएको सहज रुपले देख्न सकिन्छ । यी होटलहरु यौन व्यावसायको साथै राज्यको कर पनि छलि गरिरहेको सो बिलबाट प्रस्ट देखिएको छ ।
    bill-of-restaurant
    त्यसैगरि सो रेष्टुरेन्ट कोठीहरुमा प्रति रेष्टुरेन्टमा ५ देखि ८ जना युवतीहरु हुन्छन् । यस्ता रेष्टुरेन्ट कोठी त्यहा ५ वटा होटल रहेका छन् । एउटा भने पक्की घर बनाइएको अजनवी रेष्टुरेन्टबाहेक अन्य सबै घरहरुमा न बोर्ड, न रेष्टुरेन्ट लेखिएको न कुनै संकेत छ । साथै होटलभित्र रेट लिस्टको मेनु पनि हुँदैन ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij