प्रकाशित मिति : शनिबार, कार्तिक १३, २०७३
काठमाडौं । भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल आउने दिन (कात्तिक १७ गते) सार्वजनिक बिदा दिने सरकारी निर्णयको एकीकृत राष्ट्रवादी शक्ति निर्माण अभियानले विरोध गरेको छ ।
अभियानले शनिबार एक विज्ञप्ती जारी गर्दै निर्णयले नेपाली जनताको राष्ट्रिय भावना र राष्ट्रभक्ति विरुद्ध आघात पुगेको दाबी गरेको छ ।
अभियानका प्रवक्ता दमन बस्नेतले जारी गरेको विज्ञप्तीमा भारतीय राष्ट्रपति आउने दिन बिदा दिनका लागि नै सरकारले चिनियाँ राष्ट्रपति आउँदा पनि बिदा दिने निर्णय गरेको आरोप लगाउँदै भनिएको छ–‘जुन देशको राष्ट्र प्रमुख आउने नै ठेगान छैन, वेठेगानको विदा दिने नाटकीय निर्णय कसप्रतिको कस्तो भक्तिभावका लागि गर्नुपरेको हो? मुलुकवासीलाई जिम्मेवारी बोधका साथ जवाफ दिंदै यस्तो राष्ट्रहित विरुद्धको निर्णय तुरुन्त फिर्ता लिन सरकारलाई सचेत गराउन चाहन्छौं ।’
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij