आइतवार, कार्तिक १६, २०८३ | Sunday 1st November 2026

परिचयपत्र पाउँदा ज्येष्ठ नागरिक उत्साहित

  • प्रकाशित मिति : आइतवार, कार्तिक १४, २०७३



  • बाबियाचौर (म्याग्दी)। परिचयपत्र वितरण हुन थालेपछि म्याग्दीका ज्येष्ठ नागरिक उत्साहित भएका छन् ।

    महिला तथा बालबालिका कार्यालयले परिचयपत्र वितरण गर्न थालेपछि ज्येष्ठ नागरिक खुसी भएका हुन् । परिचयपत्रको आधारमा यातायात र स्वास्थ्य सेवामा छुट दिने सरकारले घोषणा गरेको छ ।

    कार्यालयले हालसम्म म्याग्दीका ९२ जना ज्येष्ठ नागरिकलाई परिचयपत्र वितरण गरिसकेको छ । ६० वर्ष पुरा उमेर पुगेका जेष्ठ नागरिकलाई प्रत्येक महिनाको २ गते महिला तथा बालबालिका कार्यालयबाट परिचत्रपत्र दिने गरिएको छ ।

    परिचयपत्र भएका जेष्ठ नागरिकले यातायात र सरकारी अस्पतालमा उपचार गर्दा पचास प्रतिशत छुट सुबिधा पाउने जेष्ठ नागरिक समाजका अध्यक्ष नैनकुमार श्रेष्ठले बताउनुभयो । सीमित मात्रामा परिचयपत्र प्राप्त भएकाले पहिलो चरणमा सदरमुकाम वरपरका जेष्ठ नागरिकलाई मात्र वितरण गरिएको कार्यालयले जनाएको छ ।
    विसं २०६८ मा भएको गणगणना अनुसार एक लाख १३ हजार जनसङ्ख्या रहेको म्याग्दीमा ज्येष्ठ नागरिकको सङ्ख्या आठ प्रतिशत छ ।

    सिकाइ उपलब्धि बढाउन कक्षा कोठामा शैक्षिक सामग्री प्रदर्शनी

    म्याग्दीका सामुदायिक विद्यालयले कक्षाकोठामा शैक्षिक सामग्री प्रदर्शनी गरेर पठनपाठन गर्न थालेका छन् ।

    हिस्तान, राम्चे, शिख र घारमा रहेका २४ वटा विद्यालयले कक्षा कोठामा प्रदर्शन गरिएको शैक्षिक सामग्री प्रदर्शन गरेर अध्यापन गराउन थालेका हुन् ।

    विद्यार्थीमा पढाइप्रति रुची र सिकाइ उपलब्धि बढाउन शैक्षिक सामग्रीको प्रदर्शनी गरिएको आदर्श माविका प्रधानाध्यापक कुमार गर्बुजाले बताउनुभयो ।

    मावि र उच्च मावि तहबाहेक सबै कक्षा कोठाका भित्ता, झ्यालदेखि बीच भागमा रसी तानेर कागजमा विभिन्न विषयसँग सम्बन्धित चार्ट, चित्र, तथ्याङ्क, बाक्य लेखेर झुन्डाइएको छ ।

    प्रदर्शनी गरिएका शैक्षिक सामग्रीले विद्यार्थीमैत्री वातावरण सिर्जना भई विद्यार्थीलाई बुझाउन सजिलो भएको हिमाञ्चल माविका शिक्षक तोयाराम परियारले बताउनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij