शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

बालबालीकाहरु आफ्नो रहरका लागि आत्मनिर्भर बन्दै

  • प्रकाशित मिति : शनिबार, साउन २९, २०७३



  • जेपी थुलुङ, सोलुखुम्बु । सोलुखुम्बुका बालबालीकाहरु आफ्नो रहरका लागि आत्मनिर्भर हुने उपाय अप्नाउन थालेका छन् । बुबा आमाले पढाई खर्चका लागि भए जतिपनि खर्च दिने तर रहरका लागि खर्च माग्नै अप्ठ्यारो लाग्ने र माग्दा पनि पढाई खर्चलाई जस्तो सहज रुपमा नदिएपछि उनिहरु आत्मनिर्भर हुने उपाय अप्नाउन थालेका हुन् ।

    तिङलाका १० वर्षिया गीता बस्नेतले आत्मर्निभरको बाटो उनिउ बेच्ने रोजेकी छन्  शुक्रबार बिद्यालय छुट्टि भएपछि जंगलमा उनिउ टिप्न गई  शनिबार सोलुखुम्बुको सदरमुकामा बेच्नु उनको रुटिन जस्तै बनेको छ । उनिउ बेच्न पाउनु पनि सिजनमा मात्र हो जुन चिजको सिजन आउछ त्यहि बेचेर आफ्नो खर्च जुटाउने गरेको बस्नेतले बताएका छन् ।

    त्यस्तै दुधकुण्ड नगरपालिका च्याल्साका ८ वर्षिय फुर्वा शेर्पाको खर्च जुटाउने आधार पनि मौसमी सामाग्री नै बनेको छ । उनले छिमेकमा पाकेको स्याउ किन्ने अनि आफुले सकेजतिको स्याउ सल्लेरी हाटमा लगेर बेच्ने गर्ने गरेका छन् ।

    कहिले स्याउ बेचेको र  कहिले जंगलमा च्याउ टिप्न गएर त्यहि बेच्ने गरेको उनले बताउछन् । मौसमी खाद्य सामाग्री बेचेको पैसाले आफ्नो रहरको समान बजारबाटै किनेर लाने तथा बचेको पैसाले कापी कलम समेत किन्ने गरेको उनले बताए ।

    त्यस्तै सिंहकाली उच्च मावि कक्षा ७ मा अध्ययनरत मनिशा बस्नेतको आम्दानी गर्ने आधार पनि मौसमी खाद्यबस्तु नै हो । उनी पनि शुक्रबार छुट्टि भएपछि साँझसम्म निगुरो टिप्ने र शनिबार मिर्मरे मै सल्लेरीको हाट गई निगुरो बेच्ने गरेको बताउछिन ।

    निगुरो बेचेको भएको २,३ सय पैसाले त्यहि हाटबाट आफ्नो रहरको सामान लाने गरेको उनले बताएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij