प्रकाशित मिति : आइतवार, साउन ३०, २०७३
गत वर्षको भूकम्पले पूर्ण र आंशिक रूपमा क्षति पुर्याएको राजधानीका संग्रहालयहरू खुला गरिएको छ।
ऐतिहासिक र महत्वपूर्ण बस्तुलाई सुरक्षित राखिएको छ।
झण्डै ९ हजार मानिसको ज्यान जाने गरी गएको विनासकारी भूकम्पले २ लाख ५० हजार भन्दा बढी घर पूर्ण रूपमा क्षति पुर्याएको छ जुन अहिले पुनर्निर्माणको प्रक्रियामा छ।
ऐतिहासिक महत्व बोकेका ६९१ सम्पदा मध्ये १६ वटा क्षतिग्रस्त भएका छन् भने १३१ वटा सम्पदा पूर्ण रूपमा भत्किएका छन्। बाँकी आंशिक क्षति पुगेको पुनर्निर्माण प्राधिकरणको तथ्याङ्कमा छ।
ललितपुरको पाटन संग्रहालय गत वर्षमै खुला भएको थियो। यद्यपी केही भाग क्षति पुगेकाले पुनर्निर्माण गरी अहिले पूर्ण रूपमा सञ्चालनमा ल्याइएको पाटन संग्रहालयका प्रमुख शुरेश मान लाखेले सेतोपाटीलाई बताए।
यसैगरी काठमाडौंको बसन्तपुर दरबार स्क्वायर र भक्तपुर दरबार स्क्वायरमा रहेका संग्रहालय पनि सर्वसाधारणका लागि खुला गरिएको छ।
भूकम्पबाट क्षति पुगेका उक्त संग्रहालयका कतिपय ठाउँ अझै पुनर्निर्माणकै क्रममा छन्।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij