प्रकाशित मिति : आइतवार, साउन ३०, २०७३
तुलसीपुर,
तुलसीपुर १९ जस्पुरको क्वाङखोलामा डुवेर एकजना जेष्ठ नागरिकको मृत्यु भएको छ । जसपुरको गैरा निवासी ७३ बर्षीय उदिराम विकको शनिवार राति क्वाङखोला तर्नेक्रममा डुवेर मृत्यु भएको जसपुर प्रहरी चौकीका प्रमुख रामप्रशाद चौलागाँईले जानकारी दिए ।
असई चौलागाँईका अनुसार विक मानसिक सन्तुलन ठीक नभएका व्यक्ति हुन र उनलाई घरपरिवारका व्यक्तिले घरमा थुनेर राख्दै आएका थिए ।
तर शनिवार राति १२ बजेतिर उनी घरवाटै शरिरको माथिल्लो भागमा कपडा विहिन अवस्थामा निस्किएको र खोलातर्दै गर्दा क्वाङखोलामा डुवेर मृत्यु भएको प्रहरीले बताएको छ ।
आइतवार विहान जस्पुरको गैरा नजिक क्वाङखोलामा नुहाउन गएकाहरुले शव देखेपछि प्रहरीलाई खबर गरेको प्रहरीले बताएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij