शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

जनावर परिवारको सदस्य

  • प्रकाशित मिति : आइतवार, साउन ३०, २०७३



  • हामीले पालेका जनावर परिवारको सदस्यभन्दा कम हुँदैनन् र हामीले ती जनावर दिन रात आफूसँगै होस् भन्ने चाहन्छौं । यसैकारण धेरै मानिसहरुले आफ्नो पाल्तु जनावरलाई आफू सँगै सुत्ने छुट दिएका हुन्छन् ।

    snake4-664x374कुकुर बिरालोलाई आफूसँगै सुत्न दिइनु ठिकै हो तर कुनै जनावरहरुलाई आफूसँगै बेडमा सुताउनु घातक साबित हुनसक्छ । यदि हामीलाई विश्वास गर्नुहुन्न भने यो घटनाबारे जानकारी लिनुहोस् ।

    snake6-664x472सबै जनावरहरु मानवसँग सुत्न लायक हुँदैनन् । यो कुरा एकजना महिलाले राम्रोसँग बुझेकी छिन् । ती महिलाले आफ्नो मायालु पाइथनलाई प्रत्येक रात आफू सँगै सुताउने गर्दथिन् । पाइथन उनको टाउकोदेखि खुट्टासम्मै फैलिएर सुत्ने गर्दथ्यो ।

    snake7एकदिन अचानक, उनको पाइथनले खाना खानै छोड्यो । आफ्नो मायालु पाइथनलाई के भयो भनी महिला भेटेनरी धाइन् ।

    snake8उपचारको क्रममा भेटेनरी डाक्टरले उनलाई सर्पको व्यवहारबारे थुप्रै प्रश्नहरु सोधिन् । महिलाले आफ्नो सर्पको अचम्मको सुत्ने तरिकाबारे जानकारी गराइन् । त्यतिबेलै भेटेनरी डाक्टरले उनलाई अझ थप प्रश्नहरु तेर्साइन् ।

    snake9-664x400बोरडम थेरापीका अनुसार विभिन्न तरिकाले परिक्षण गरेपछि भेटेनरी डाक्टरले उनलाई निकै डरलाग्दो सत्य बताइन् । उनको पाइथनले यसकारण खान छोड्यो किनभने उसले आफ्नो पेटलाई ठूलो खानाको लागि तयार पार्दै थियो । वास्तवमा पाइथनले उनलाई निल्ने तयारी गरिरहेको थियो ।

    भेटेनरी डाक्टरले भनिन्, ‘तपाईंको पाइथन धेरैजसो तपाईंको शरिरमाथि चढ्छ र घस्रन्छ भने यसले वास्तवमा तपाईंको आकार मापन गरिरहेको छ । तपाईंलाई आक्रमण गर्नुपूर्व तपाईं कति ठूलो हुनुहुन्छ भनेर परिक्षण गरिरहेको छ । ’

    snake10-664x344डरलाग्दो वास्तविकता थाहा पाएपछि ती महिलाले आफ्नो पाल्तु पाइथनबाट बिस्तारै बिस्तारै दुरी बढाइन् । अब उनले आफ्नो मायालु पाइथनलाई सुत्नको लागि छुट्टै स्थानको व्यवस्था मिलाएकी छिन् ।

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij