शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

भारतीय प्रधानमन्त्री मोदीलाई मार्ने धम्की

  • प्रकाशित मिति : सोमवार, जेष्ठ २०, २०७६



  • नयाँ दिलली (एजेन्सी) । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मार्ने धम्की आएको खुलासा भएको छ । भारतीय सञ्चार माध्यमका अनुसार राजस्थान भाजापाका अध्यक्ष मदन लाल सैनीलाई लेखिएको पत्रमा प्रधानमन्त्री मोदीलाई मार्ने धम्की दिइएको छ ।

    सैनीले सो पत्रबारे अनुसन्धान गर्न अशोकनगर प्रहरीमा पत्र पठाएका थिए ।

    तर, प्रहरीले भने पत्रको जानविन गरेको र त्यस्तो अप्रिय कुनै सम्भावना नरहेको बताएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
    भाजपा प्रदेश अध्यक्ष मदन लाल सैनले प्रधानमन्त्री मोदीको शपथ ग्रहणभन्दा एक दिन पहिला पत्र आएको बताए । उनले पत्रमा मोदीलाई मार्ने धम्की दिइएको बताए । उनले पत्र हस्तलिखित रहेको बताए । जसमा राजेश टांकm छोटु र एक अन्य व्यक्तिको नाम लेखिएको थियो । सैनी प्रहरीका उच्च अधिकारीहरुलाई यो विषयमा जानकारी दिएका थिए ।

    प्रहरीले सो पत्रलाई इन्टेलिजेन्स ब्यूरोलाई दिएको थियो । जयपुर उपायुक्त योगेश दाधीचका अनुसार प्रधानमन्त्री मोदीले शपथ लिनुभन्दा एक् दिन पहिला प्राप्त पत्रलाई गम्भीरतापूर्वक लिएर केही मानिसहरुसँग सोधपुछ गरिएको बताए । उनले छानविनमा त्यस्तो कुनै गम्भीर जोखिन नदेखिएको उल्लेख गर्दै कसैले मजाकमा यस्तो गरेको हुन सक्ने बताए । उनले सो पत्रलाई आईबीलाई दिएका थिए ।

    यसअघि अक्टूबर २०१८ मा दिल्ली पुलिस कमिश्नरको इमेल आईडीमा प्रधानमन्त्री मोदीलाई धम्की दिएर एक सन्देश पठाइएको थियो । भीमा कोरेगाउँ हिंसाको जाँचका क्रममा पनि प्रधानमन्त्री मोदीको हत्या गर्ने षडयन्त्र भएको खुलासा भएको थियो । अनुसन्धानका क्रममा वामपन्थीसँग सम्बन्धित केही मानिसहरुबीचका पत्र फेला परेका थिए । जसमा पूर्वप्रधानमन्त्री राजीव गान्धीकै जस्तो आक्रम मोदीमाथि गर्ने लेखिएको थियो । यसपछि केही चर्चित व्यक्तिहरु पक्राउ परेका थिए । जसको विरोधसमेत भएको थियो । त्यस्तै जून २०१८ मा गाजियावादका एक वयक्तिले फेसबुकमा प्रधानमन्त्री मोदीलाई गोली हान्ने धम्की दिएका थिए । त्यसपछि उनलाई पक्राउ गरिएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij