शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

गृहमा आकस्मिक बैठक, सेनाको हेलिकप्टर गस्तीमा पठाउने तयारी

  • प्रकाशित मिति : सोमवार, जेष्ठ २०, २०७६



  • नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–३ छेस्कामा प्रहरी चौकी आक्रमण प्रयास गरेपछि गृह मन्त्रालयमा आकस्मिक बैठक डाकिएको छ।

    प्रहरी चौकीमा आक्रमण प्रयास र सुरक्षाकर्मीलाई सुरक्षित स्थानमा सारिएको विषयमा गृहमन्त्री रामबहादुर थापाले सुरक्षा प्रमुखहरूको आकस्मिक बैठक डाकेका हुन्।

    बैठकमा नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, सशस्त्र प्रहरी प्रमुख तथा गृहका उच्च अधिकारीहरू छन्। गृहले यसलाई ‘नियमित बैठक’ भनेको छ। गृह स्रोतका अनुसार विप्लव माओवादीबाट त्यहाँ हुनसक्ने सम्भावित गतिविधि रोक्न रणनीति बनाउने उद्देश्यले बैठक डाकिएको हो।

    सोलुखुम्बुबाट प्रहरी नायब उपरीक्षक शालिकराम शर्माको टोली छेस्का पुगिसकेको छ। प्रहरी सहायक निरीक्षकको नेतृत्वमा रहेको प्रहरी चौकी खाली गराइसकिएको छ। त्यहाँका प्रहरीलाई आइतबार राति नै सुरक्षित स्थानमा सारिएको छ।

    मध्यराति विप्लव माओवादीको ठूलो समूह चौकीमा पुगेको थियो, त्यसबेलासम्म चौकीमा प्रहरी थिएनन्।

    प्रहरीले नेपाली सेनासँग हेलिकप्टर मागेको छ। सोलुखुम्बुमा हवाई गस्तीका लागि प्रहरीले सेनाको एमआई–१७ हेलिकप्टर मागेको हो। उक्त हेलिकप्टर तयारी अवस्थामा राखिएको सैनिक स्रोतले जनायो।

    यो पनि :

    विप्लवको आक्रमणबाट जोगाउन सोलुखुम्बुमा खाली गराइयो प्रहरी चौकी

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij