प्रकाशित मिति : मङ्लबार, जेष्ठ २१, २०७६
काठमाडौं। नेत्रविक्रम चन्द समूहलाई सरकारसँग वार्ता गर्न चौतर्फी दबाब बढ्दै गएको छ। सरकारले गत फागुनमा गतिविधिमा प्रतिबन्ध लगाएपछि आफ्ना कार्यकर्ता पक्राउ पर्ने र कारवाही प्रक्रिया असफल हुने क्रम बढेपछि चन्द समूहभित्रै केही नेताले वार्तामा जोड दिइरहेका छन्।
चन्द समूहका एक पोलिटब्यूरो सदस्यले पछिल्लो सयम पूर्वएमाले नेताहरुले भित्रभित्रै चन्द समूहसँग वार्ताको पहल गरिराखेको जानकारी दिए। उनका अनुसार नेकपा अध्यक्ष पुष्पकमल दाहालले भने आफूमार्फत चन्द समूहलाई वार्तामा ल्याउन पहल गरेका छन्। कान्तिपुर दैनिक
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij