शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

बेलायतमा राप्तीवासीहरुको जमघट

  • प्रकाशित मिति : आइतवार, साउन ३०, २०७३



  •  बेलायतमा बसोबास गरिरहेका राप्तीवासीहरुको वार्षिक भेटघाट हालै फार्नबरोमा सम्पन्न भयो । गत जुलाई ३० तारिखमा कोडी स्पेशल स्पोर्ट्स कलेजमा आयोजित कार्यक्रमको मानबहादुर बुढा, गोपाल थापा, रामधन श्रेष्ठ, बीरमान घर्ती, गगन थापा तथा डिल्लीबहादुर थापाले संयुक्तरुपमा उद्घाटन गरेका थिए ।rapti-samaj-u.k

    उपाध्यक्ष केशरमान रोकाले स्वागत गरेका सो कार्यक्रममा बोल्दै मानबहादुर बुढाले राप्ती समाज युकेले नेपाल तथा युकेमा गरेको रचनात्मक कामहरुको चर्चा गरे । भेरी समाज युकेका अध्यक्ष गोपाल थापाले राप्ती समाज तथा भेरी समाजबीच एउटै साझा परम्परा र सांस्कृतिक धरोहर रहेको भन्दै आगामी दिनमा पनि संगै मिलेर काम गर्न आग्रह गरे ।

    अर्का वक्ता रामधन श्रेष्ठले समाजले आफुलाई अतिथिकोरुपमा निम्तो गरेकोमा खुसी व्यक्त गर्दै आफ्ना सदस्यहरुको हितकालागि समाजले गरिरहेका कामको प्रशंसा गरे । नेपालबाट आएका समाजसेवी डिल्लीबहादुर खडकाले जुनसुकै जात, क्षेत्र र भाषाभाषी भएपनि सबै नेपालीहरु फरक फरक रङ्ग भएका फूलहरु जस्तै भएको बताए ।

    rapti samaj u.k 1

    उनले ती फूलहरुलाई एकताको एउटै मालामा गाँस्न आवश्यक रहेको भन्दै त्यसकालागि समाजले गरिरहेको कामको प्रशंसा गरे। सो अवसरमा उल्लेख्य शैक्षिक प्रगति हासिल गरेका १४ जना बालबालिकाहरुलाई प्रशंसापत्र प्रदान गरिएको थियो। समाजका अध्यक्ष हिक्मतसिं रोकाले ब्रिटिश सेनामा पदोन्नति भएका लाल राना, विकास श्रेष्ठ र प्रेम बुढालाई खादा लगाएर सम्मान गरेका थिए ।

    नेपालबाट आउनुभएका चर्चित कलाकारहरु राधिका हमला, बिरु लामा, जुना शिरिष तथा थानेश्वर गौतमको प्रस्तुतिले कार्यक्रमलाई निकै रोचक बनाएको थियो। कार्यक्रमको अन्त्यमा अध्यक्ष रोकाले समाजका गतिविधिहरुमा निरन्तर सघाउनुहुने तथा वार्षिक भेलालाई सफल बनाउन खटनुहुने सबैलाई हार्दिक धन्यवाद दिएका थिए।

    rapti-samaj-u.k-2

    उनले कार्यक्रममा प्रायोजन गर्नुहुने क्वालिटी सुपरस्टोरलाई पनि विशेष धन्यवाद दिए । उनले गत एकवर्षमा समाजले गरेका कामहरुको चर्चा गर्नुहुँदै समाजलाई अगाडि बढाउन सुझाव, सल्लाह र सकृय सहयोगकालागि सबै सदस्यहरुलाई आग्रह पनि गरे । नेपाली खाना तथा नास्ताको व्यवस्था गरिएको सो रमाइलो कार्यक्रममा बालबालिकासहित झण्डै ४०० जनाको सहभागिता रहेको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij