प्रकाशित मिति : आइतवार, साउन ३०, २०७३
विशालु सर्पको डसाई वाट जाजरकोट भेरीमालिका नगरपालिका १, खलंगा निवासी जसवीर परियार गभ्मीर घाईते भएका छन । गएराती खाना खाएर घरको भुईमा सुतेका ४८ वर्षिय परियार विशालु शर्पको डसाई वाट घाईते भएका हुन ।
विहान करिव १ वजेतिर दाँया हातको औलामा शर्पले डसेको घाईते परियारका छोरा गोपाल परियारले जानकारी दिए । जिल्ला अस्पताल जाजरकोटमा प्राथामिक उपचार पछि थप उपचारको लागी घाईते लाई रुकुम स्थित चौरजहारी अस्पतालमा भर्ना गरिएको छ ।
अचेत अवस्थामा रहेका परियारलाई किर्तिम श्वासप्रश्वास दिएर उपचार भैरहेको छ । चौरजहारी अस्पतालमा एन्टीस्नेक भेनम नभएकोले जिल्ला अस्पताल रुकुममा औषधि माग गरिएको अस्पतालका वाल रोग विशेषज्ञ डाक्टर कालेव वुढाले जानकारी दिए ।
चौरजहारी अस्पतालमा वार्षिक २० जना शर्पदंसका विरामी आउने गरेको अस्पतालले वताएको छ । करेत शर्पले डसेका विरामीहरुका लागि १० देखि २० र कोव्रा शर्पले डसेका विरामीहरुका लागि ४० देखि ५० भाईल एन्टीस्नेक भेनम आवश्यक पर्ने डाक्टर वुढाले जानकारी दिए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij