आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

विप्लव समूहका जिल्लास्तरीय नेताद्वारा आत्मसमर्पण

  • प्रकाशित मिति : बिहिबार, असार ५, २०७६



  • बझाङ, असार ५ । विप्लव नेतृत्वको नेकपाका बझाङका एक जना जिल्लास्तरीय नेताले आत्मसमर्पण गरेका छन् ।

    जिल्ला शहिद तथा वेपत्ता परिवारका अध्यक्ष रहेका ज्ञानवहादुर चौहानले जिल्ला प्रशासन कार्यालयमा आएर आत्मसमर्पण गरेका हुन् । आफुलाई विप्लव समूहले गरेका गतिविधि चित्त नबुझेको र सर्वसाधारण नागरिक सरहको जीवनयापन गर्न चाहेको भन्दै उनले प्रमुख जिल्ला अधिकारीलाई लिखित निवेदन दिएका थिए ।

    नेकपा विप्लवका जिल्ला कमिटी सदस्य तथा खप्तड छान्ना गाउँपालिकाको इन्चार्जसमेत रहेका चौहानले प्रशासनलाई लेखेको पत्रमा विप्लव समूहका कार्यकर्ताको सूचीबाट आफ्नो नामसमेत हटाइदिन अनुरोध गरेका छन् ।

    नेकपा विप्लवका जिल्ला कमिटी सदस्य प्रवासले चौहानले पार्टीभित्र अराजक गतिविधी गरेका कारण निष्कासनमा परेकाहरुले आत्मसमर्पण गरेको बताएका छन् ।

    यता, जिल्ला प्रहरी कार्यालयमा पनि विप्लब समूहबाट आफ्नो नाम हटाई दिन भन्दै १० जनाले निवेदन दर्ता गराएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर केसीले जानकारी दिए ।

    पछिल्लो समयमा जिल्लामा प्रहरीले सकृयता बढाएको र शान्ति सुरक्षामा कडाइ पारेको बताइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij