प्रकाशित मिति : शुक्रबार, असार १३, २०७६
काठमाडौँ । दशौं कोरियन भाषा परीक्षाको नतिजा सार्बजनिक भएको छ । गत २५ र २६ गते भएको कोरियन भाषा परीक्षा इपीएसको नतिजा बिहीबार राति सार्वजनिक भएको हो।
आगामी वर्षका लागि कोरियाले मागेको १० हजार ५० जना नेपाली कामदारको कोटामा ९२ हजारभन्दा बढी युवा युवतीले परिक्षा दिएका थिए । गत वर्ष पनि कोरियन भाषा परीक्षामा ८२ हजारभन्दा बढी सहभागी भएका थिए।
अहिले उत्रिण भएका परिक्षार्थीहरुबाट ७ हजार ५० र कृषि क्षेत्रमा ३ हजार नेपाली लैजाने तयारी गरेको इपीएस कोरिया शाखाले जनाएको छ। सन् २००८ देखि ईपीएसमार्फत प्रशिक्षार्थी कामदार नेपाली लान थालेको हो।
कोरियन भाषा परिक्षा दिएका परिक्षार्थीहरुले (EPS TOPIK) को वेबसाईड https://eps.hrdkorea.or.kr मा क्लिक गरेर रिजल्ट हेर्न सक्नेछन्।
परिक्षाको नतिजा हेर्न यो लिंकमा जानुहोस् >>>
https://eps.hrdkorea.or.kr/epstopik/home/main/mainPage.do?lang=en
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij