प्रकाशित मिति : मङ्लबार, साउन ३२, २०७३
जेपी थुलुङ, सोलुखुम्बु । जिल्ला ट्राफिक कार्यालय सोलुखुम्बुले सचेतनाका लागि सडकमा राखेको बोर्ड एकसाता पनि नवित्दै च्यातिएको छ । सोलु–ओखलढुङ्गा सडक अन्र्तगत पर्ने विभिन्न स्थानमा राखिएको चेतनामुलक बोर्डहरु केही उच्छृङ्खल ब्यक्तिहरुले च्यातिदिएका हुन ।
उनीहरुले ट्राफिक प्रहरीले राखेको बोर्डमा ढुंगाले हान्ने, चक्कुले काटिदिने सम्मका हर्कत गरेका छन । मानिसहरुको भिडभाड कम भएको सडक छेउका बोर्डहरु त उखेलेर फाल्ने सम्मनै गरेको पाइको छ । कतिपय त सडकमा सचेतामुलक बोर्ड तथा संकेत बोर्ड राख्न थालेको २४ घण्टा नबित्दै फालिदिने तथा च्यातिदिन थालेपछि समस्या भएको जिल्ला ट्राफिक कार्यालय सोलुखुम्बुले जनाएको छ ।
बोर्ड टासेपछि संरक्षण गर्नुको साटो आज टासियो भोली नै भत्काउने तथा फालिदिन गरेको जिल्ला ट्राफिक ईन्चार्ज भेष बहादुर थापाले बताउनुभयो । जनचेतना र दुर्घटना न्युनिकरणका लागी बिभिन्न ठाउँमा टास गरिएको बोर्ड सबैलाई संरक्षण गर्न ईन्चार्ज थापाले आग्रह पनि गर्नु भएको छ ।
दुर्घटनाको न्युनिकरण गर्न सवारी चालक मात्र नभई स्थानीयहरु पनि उत्तिकै जिम्मेवार हुने भएकोले जनचेतनामुलक तथा संकेत बोर्ड राख्न थालिएको भएपनि संरक्षण नहुदा समस्या भएको उहाको भनाई छ । ट्राफिक प्रहरीले सल्लेरीको जेरोपोईन्ट देखि फाप्लु सम्मका विभन्न मोड, दुर्घट्नाग्रस्त क्षेत्र, तथा मुख्य बजार क्षेत्रहरुमा सबैले देख्ने स्थानमा सचेतना बोर्ड राखेको थियो ।
१५ वटा भन्दा बढी स्थानमा राखिएका बोर्ड मध्ये अधिकांशमा क्षति पुर्याइएको छ । क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय इटहरीले सोलुखुम्बु जिल्लामा न्युनतम ७ वटा बोर्ड राख्न परिपत्र गरेपनि सोलु ट्राफिकले आफ्नै सक्रियतामा त्यसको दोब्बर भन्दा बढी स्थानमा वोर्ड राखेको हो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij